हिसारमा संगठन विस्तार तिव्र गतिमा

हिसार, १४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले संचालन गरेको संगठन विस्तार अभियान तिव्र गतिमा अगाडि बढिरहेको छ । सो अभियान मार्फत विभिन्न स्थानमा जनसंपर्क, क्लास, प्रशिक्षण तथा समिति निर्माण कार्य अगाडि बढिरहेको छ ।

मूल प्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको विशेष उपस्थितमा इन्डष्ट्रीयल एरिया समिति अन्तर्गत डिसि कलोनी तथा विनोद आयल मिलमा सम्पन्न दुइवटा भेलाहरु सम्पन्न भएका छन् ।

मूल प्रवाहको आवशयकता र भारतस्थित नेपालीहरु को अवस्थाको विषयमा क्लास सहित डिसि कलोनीमा दल बहादुर रोकाको अध्यक्षतामा ७ सदस्यीय टोल समिति निर्माण गरेको छ । जसमा ः सचीव– दिपक क्षेत्री, कोषाध्यक्ष– केशर खत्री, सदस्यहरुमाः शिव शर्मा, रोहित तिरुवा, भरत वराल र मिलन क्षेत्री रहनुभएको छ ।

त्यसैगरि विनोद आयल मिलमा जगत कुमालको अध्यक्षतामा १३ सदस्यीय टोलसमिति गठन गरिएको छ । जस्माः सचिव– पोष्ट बहादुर कुमाल, कोषाध्यक्ष– माधव कुमाल, सदस्यहरुमा क्रमशः शिव कुमाल, गणेश कुमाल, कमल कुमाल, किशन कुमाल, पदम कुमाल, रेशम कुमाल, गोपाल कुमाल, किशन कुमाल (ख), गन कुमाल र महेन्द्र कुमाल रहनु भएको छ ।

दुवै स्थानका कार्यक्रमहरु दिपक क्षेत्रीको सञ्चालनमा तथा सुरेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार