हिसारमा १२७ औं माओ दिवश मनाइयो

हिसार, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच हिसारको आयोजनामा १२७ औ माओ दिवस भव्य रुपमा सफल भयको छ ।

नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षतामा तथा निरु सारुको सञ्चालनमा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहणपछी ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनटको मौनधारण पश्चात नगर कोषाध्यक्ष हुमाकान्त अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

मूल प्रवाह केन्द्रीय सल्लाहकार देवि प्रसाद पौडेल, मूल प्रवाह क्षेत्रीय सल्लाहकार तारा सोमरे, क्षेत्रीय महिला विभागकि डोल माया बिक, जनजाति नगर विभागका केहर सिंह घर्तीमगर, समता विभागका तिलक सोनी, रक्तिम विभागबाट योगेन्द्र दर्लामी लगायतले माओ दिवशको ऐतिहासिक महत्व र माओको योगदान बारे चर्चा गर्दै मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार