हिसारमा २७औं विश्व आदिवासी दिवस मनाइयो

जातिय मुक्ती आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडनु पर्दछ : खनाल

चंडिगढ, ९ अगस्त । जातिय मुक्ती आन्दोलनलाई वर्गीय मुक्ति संघर्षसँग नजोडिएसम्म जातिय मुक्ती सम्भव नभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले बताउनु भएको छ ।

खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत रहेको जनजाति विभागको आयोजनामा सम्पन्न २७औँ विश्व आदिवासी दिवसको कार्यक्रममा प्रमुख अतिथीको आशनबाट मन्तव्य दिंदै भन्नु भएको हो ।

“जातिय मुक्ति आन्दोलनलाई विभिन्न कोणबाट उपयोग गर्ने साम्राज्यवादी एवं प्रतिक्रियावादीहरुको कुटिल चाललाई वामपन्थि आवरणमा रहेका अवसरवादीहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाइरहेका छन् ।” खनालले भन्नु भयो– “सबैप्रकारका जातिय मुक्ती आन्दोलनलाई वर्गसंघर्षसँग नजोडि उनीहरुको मुक्ती सम्भव छैन । तर साम्राज्यवादी एवं प्रतिक्रियावादीहरुद्वारा सञ्चालित एनजियो÷आईएनजियोहरुले केवल जातिय मुक्तिको नाममा विभिन्न प्रकारका जातीय हिंसाहरुलाई बढावा दिंदै आइरहेका छन् ।” खनालले जातिय मुक्तिको बहानामा हुने सबैखाले अवसरवादलाई पनि परास्त गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, क्षेत्रीय महिला विभागबाट सेती राना, मूल प्रवाह हिसार नगर अध्यक्ष नन्दबहादुर लम्तरी, नगर सदस्य हुमाकान्त अधिकारी, सिटिएरिया “ए”बाट बाबुराम पोख्रेल, इन्ड्रष्ट्रीयल एरियाबाट श्यामबहादुर बिक लगायतले विश्व आदिवासी दिवसको महत्वको बारेमा मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम निरु सारुको सञ्चालन र केहरसिंह घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरुलाई आत्मराम न्यौंपानेले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार