हेमबहादुर जिसी (जिसी राजेशकुमार) प्रति हार्दिक श्रद्वाञ्जली

धर्मराज शर्मा,

कोट्टयाम केरला १४ अगस्ट २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका सचिव मनोज जिसी भातृशोकमा पर्नुभएको छ ।
बाग्लुङ्ग नगर पालीका ८ साबिक ३ राम्चे स्थाई बासिन्दा स्वं ओम बहादुर जिसी र श्रीमती खड्क कुमारी जिसीको कोखबाट जन्मेका बर्ष ४५ का हेम बहादुर जिसी (न् ऋ च्बवभकज प्गmबच) देशमा गास बाँस कपासको समस्यले भारतका कतिपय प्रान्तहरुमा कार्यरत हुँदै हात करिब १२ बर्षदेखि मलेसियाको खाडिमा श्रम गर्दै घर परिवारलाई दुईछाक टार्ने जोहोर गर्दै आयका थिए । बर्तमान विश्वब्यापी फैलिएको कोभिड १९ कोरोना भाईरस पोसिटिव भई केही दिनदेखि अस्पतालमा आफ्नो स्वस्थ्यलाभ लिईरहेका थिए । अचानक समस्या जटिलबन्दै गएको र १४ अगस्त १२ः१५ बजे दुःखद निधन भएको छ । मेलिसियाको फोर्मालिटि पूरा गरेपछि दाहासँस्कार गर्ने प्रकृयामा रहेको दाजु मनोज जिसीले जानकारी दिनुभएको छ ।
मृतकको परिवार श्रीमती लक्ष्मी जिसी छोरी सबी जिसी सुमि जिसी छोरा रमेश जिसी दाजु भाउज बुहारीहरु छोरा छोरीहरुमा क्रमशः स्व. प्रेम बहादुर जिसी, मनोज जिसी, केदर जिसी, केशब जिसी, प्रमिला जिसी, राधिका जिसी, बैहीनी मायाँ खड्का, छोरा छोरीहरुमा प्रशांत जिसी, पुजा जिसी, पवित्रा जिसी, आलोक म्याक मिलन, देबु जिसी, टेनिशा जिसी लगायत सम्पूर्ण परिवार जनहरुप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले गहिरो समबेदन प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रदाञ्जलि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार