हैदरावादमा धमाधम प्रशिक्षण कार्यक्रम जारी

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र अनलाईन माध्यमबाट विभिन्न कार्यक्रमहरु लगातार रुपमा सञ्चालन भैरहेका छन् ।

जसले कोरोनाको कारणले कार्यकर्ताहरुका बिचमा प्रत्यक्ष भेटघाट गरि क्लास र प्रशिक्षण हुन नसकिरहेको सन्दर्भमा कार्यकर्ताहरुलाई रुचि जगाइ थप उत्साह पैदा गर्न कार्गर साबित हुने आशा गरिको छ ।

यसै सिलसिलामा उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया समितिको आयोजना २ अक्टुबर २०२० का दिन अनलाईन कार्यक्रम सम्पन्न भएको छ । एरिया अध्यक्ष मिना आचार्यको अध्यक्षता, सचिब जीबनाथ शर्माको सञ्चालन, अतिथिहरुको आसन ग्रहण पश्चात् वीर सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मूल प्रबाहका केन्द्रीय सचिब प्रेम पौडेल, सदस्य राम प्रसाद आचर्य, राम कुमार क्षेत्री, खिम बहादुर बिक, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, सदस्य घनश्याम शर्मा, लिला देवि शर्मा, बिद्यार्थी बिभागबाट रिता आचार्य, महिला बिभागबाट माया थापा, नगर बिद्यार्थी बभागबाट तेजेन्द्र शर्मा, कबिता आचार्य, दीपक थापाले अतिथिको रुपमा आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य एरिया उपाध्यक्ष भरत बहादुर परियारले दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा देशको समसामयिक राजनैतिक, अनुशासनको आबस्यकता र महत्व बारे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिगत र बर्तमान तथा भाबी योजना बारे लगायतका विषयमा प्रेम पौडेल, रामकुमार क्षेत्री र राम प्रसाद पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

नगर अध्यक्ष मोहन लाल शर्मा, सदस्य बिन बहादुर नेपालीको पनि आतित्थ्यता रहेको थियो ।

यो पनि पढ्नु होस् :

उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

मूल प्रवाहद्वारा मध्य हैदरावादमा अनलाइन प्रशिक्षण

संघीयता असफल भैसक्यो, अब नेपाली जनताले खुर्केर फाल्ने दिन आयो : अध्यक्ष केसी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार