हैदरावादमा महिला विभागको प्रशिक्षण कार्यक्रम सम्पन्न

तिलक राना ( मध्य हैदराबाद

मध्य हैदराबाद, १४ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति, अन्तरगत मध्य हैदराबाद नगर समिति द्वारा सञ्चालित महिला विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको अध्यक्षता गुमा राना, सञ्चालन चन्द्रा परियार र स्वागत किस्न कुमारी बिकले गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रिय सल्लाहकार धनबीर पुन, केन्द्रीय सदस्य राम प्रसाद आचार्य, केन्द्रीय सल्लाहकार राम कुमार क्षेत्री, केन्द्रीय सदस्य फुलबिना पौडेल र मध्य दक्षिण क्षेत्रीय समिति लीला आचार्यले आतित्थ्यता गर्नुभएको थियो ।

केन्द्रीय सल्लाहकार धनबीर पुनले महिला मुक्ति बारे, केन्द्रीय सदस्य राम प्रसाद आचार्यले अनुशासन बारे र केन्द्रीय सदस्य राम कुमार क्षेत्रीले महिला संगठन बिषय बस्तुबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा विभिन्न स्थानहरुबाट महिला सदस्यहरु सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार