हैदरावाद दक्षिणमा प्रकाशन भेला सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समितिको प्रकाशन भेला १ डिसेम्बर २०१९ मा सम्पन्न भयको छ । उक्त भेलालाई मूल प्रवाहका क्षेत्रीय सचिबालय सदस्य कृष्ण बहादुर थापाले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको क्रममा थापाले हजार जना कार्यकर्ताले गर्न नसक्ने काम एउटै पत्रीकाले गर्न सक्छ, त्यसैले ग्राहक बन्ने र बनाउने अभियानमा सम्पुर्ण कार्यकर्ताहरु गम्भिर भएर लाग्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै धोज बहादुर बिक, जित बहादुर थापा, केसव पौडेल र लिला थापाले शुभकामना मन्तब्य दिनु भएको थियो ।

भुपाल ठाडाको सन्चालन तथा बिर बहादुर बिकको अध्यक्षताबाट अगाडि बडेको सो कार्यक्रममा अतिथिहरुको आसनग्रहण पश्चात बिर सहिदहरुप्रती एक मिनेट मौनधारण गरिएको थियो । रामप्रसाद ढुंगानाले स्वागत मन्तव्य र बिर बहादुर बिक र लिला थापाले गितबाट स्वागत गर्नुभएको थियो । भेलाले गत साल भन्दा ग्राहक संख्या वृद्धि गर्ने अभियान दिसेम्बर महिना भरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार