होटलमा कार्यरत नेपाली मजदुर मूल प्रवाहमा संगठित

पञ्जाव (भारत) । भारतको पञ्जाबस्थित मान्सा नगर अन्तर्गत सिल्बर सिटी एरियामा रहेको रोमांज होटलमा कार्यरत नेपाली श्रमिक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भएका छन् । रोमांज होटलमा कार्यरत नेपाली श्रमिकहरूका बीच भएको एक भेलाले मूल प्रवाहमा संगठित हुने निर्णय गरेको हो ।

भेलाले भेलाले सन्तोष पिएमको अध्यक्षतामा ११ सदस्सीय समिती गठन गरेको छ । समितिको सचिवमा झगिन्द्र सारु र कोषाध्यक्षमा किसन बराही मगर चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा गोपाल आले, कासिराम घर्ती मगर, विकास बराही मगर, बिस्नु आले, ताल बहादुर राउत, प्रेम बहादुर थापा, हुम बहादुर राउत र सनत थापा रहनुभएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्बोधन गर्दै संगठनको महत्व र मूल प्रवाहका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो हक अधिकारका लागि मजदुरहरू सही विचार बोकेको राजनीतिक संगठनमा संगठित हुनुपर्ने बताउनुभयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मान्सा नगर समिती अन्तरगत सिल्बर सिटी एरियामा रहेको सो होटलमा कार्यरत मजदुरहरूलाई केन्द्रीय सचिव त्रिभुवन भट्टराई र मान्सा नगर समितिका अध्यक्ष बिस्नु नेपालीले पनि सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार