१४२ औं स्टालिन जयन्ती भारत व्यापी मनाइयो

चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडीगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता एवं समाजवादी क्रान्तिका सेनानी का. स्टालिनको १४२ औं जन्मदिवस सानदार रुपमा सम्पन्न भएको छ । लिला विकको सञ्चालनमा तथा थमन थापाको अध्यक्षतामा सम्पन्न सो समारोहमा उपस्थिति विभिन्न अतिथिहरुको आशन ग्रहणपछी ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनट मौनधारण पश्चात वालाराम न्यौपानेले स्वागत मन्तव्य दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय रुपमा नै माक्र्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवश्थामा रहेको र विभिन्न खाले वामपंथी आवरण भित्रका अवसरवादीहरु समेतबाट कम्युनिस्ट आन्दोलनमा आक्रमण भइरहेको वर्तमान सामाजिक परिवेशमा का. स्टालिनको योगदान र समाजवादी क्रान्ति तथा सोभियत रुसमा वहाँको योगदानको ऐतिहासिक महत्व रहेको तर्क दिदै वोल्ने वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड़का, नेपाली समाचारका खिमराज चालिसे, मूल प्रवाह नगर अध्यक्ष मान बहादुर केसी, जनजाति विभागका प्रेम गुरुङ, महिला क्षेत्रीय सदस्य सिमा खड़का, समता विभाग का अर्जुन विक, महिला नगरकी सुनिता लगायतले मन्तव्य दिनुभएको थियो ।

हैदरवाद ।
विश्व सर्वहारा बर्गका नेता माक्र्सवादी लेनिनवादी अभियन्ता जोसेफ स्तालिनको १४२ औं जन्म जयन्ती मनाइएको छ । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च उत्तर हैदरावादको आयोजनामा मनाइएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै स्तालिनको जिबनी, उहाँको माक्र्सवादी सिद्धान्तमा योगदान, लेनिनवादको विकासमा भुमिका लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सम्बोधन गर्ने अतिथिहरुमा मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष मनोहर पौडेल, क्षेत्रीय सदस्य घनश्याम शर्मा, देवि शर्मा, हिरा शर्माले सम्बोधन गर्नु भएको थियो ।
मोहन लाल शर्माको सञ्चालन, मिना आचार्यको अध्यक्षता र तेजेन्द्र प्रसाद शर्माको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रमका दौरानमा जोसेफ स्तालिनको तस्बिरमा माल्यापर्ण गरिएको थियो ।

त्यस्तै मध्य हैदरावादको आयोजनामा पनि मनाइएको छ । थम्मन बस्नेतको अध्यक्षता,राजु दुलालको सञ्चालनमा अघि बडेको कार्यक्रममा गंगा कडायतले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय सचिव खिमबहादुर विक हुनुन्थ्यो । उक्त कार्यक्रमलाई राम कुमार क्षेत्रीले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।

कोट्टायाम ।
विश्व कमुनिष्ट एवं सर्वहारा वर्गका गुरु एवं माहान नेता कमरेड जोसेफ स्टालिनको १४२ औं जन्म दिवसको अवसरमा आम सभा सहित विभिन्न खेलकूद कार्यक्रम सम्पन्न पारिएको छ । नगर सचिव मनोज जिसीको सञ्चालन र नगर सदस्य प्रेम पौडेलको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय सलाहकार भद्र बहादुर थापा, तिरुवनंतपुरम नस सदस्य कमल पोख्रेलको अतिथि आशनग्रण र ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौनधारण पछि नस सदस्य लाल चन्द्र शर्माले स्वागत भाषण र रक्तिम परिवारका धर्मराज शर्माले स्वागत गितबाट उपस्थित जनतालाई स्वागत गरेका थिए ।

भद्र बहादुर थापा, क्षेत्रीय सदस्य धर्मराज शर्मा, तिरुवनंतपुरम नस सदस्य पोरन पोखरेल, नगर कोषाध्यक्ष टिकाराम सुवेदी लगायतले स्टालिन जयंती र यसको महत्व बारे मन्तव्य दिनुभएको थियो ।

सो अवसरमा नगर समितिद्वारा आयोजित एरिया स्तरिय भलिबल प्रतियोगितामा तिरुवनंतपुरम नगर समिति प्रथम, कायमकुल एरिया समिति ए टिम द्वितीय र चेट्टीकुलंगरा एरिया समिति तृतीय स्थान हाँसिल गरेका थिए । त्यस्तै उत्कृष्ट खेलाडीमा करण विक र अनुशासित खेलाडीमा डिल बहादुर राना चयन भएका छन् ।

१० बर्षसम्मका बालिका विभाग ५० मिटर दौडमा प्रथम सिर्जना परियार, द्वितीय बर्षा सार्की र तृतीय खुशी मोहना कुमारी र बाल विभागमा प्रथम संतोष परियार र द्वितीय निसाल प्रसाद शर्मा विजयी रहेका छन् ।

फिलिङ द बोटल पानी भर खेलमा बालिका प्रथम सिर्जना परियार, द्वितीय खुशी मोहना कुमारी, तृतीया बबिता रिमा र बाल प्रथम संतोष परियार र द्वितीय बिशाल प्रसाद शर्मा रहेका छन् । १० देखि १५ बर्षकाको प्रतिस्पर्धामा प्रथम विवेक सार्की, द्वितीय सुमित्रा देवी के. र तृतीय मन्जु जिसी रहेका छन् । महिलाहरुको लेमन स्पुन ब्यालेंस खेलमा प्रथम मनु क्षेत्री, द्वितीय पुष्पा शर्मा र तृतीय कौशिला परियार रहेका छन् । खेलकूद प्रतियोगिताको अफिसियलमा मनोज जिसी, धर्मराज शर्मा, भद्र बहादुर थापा, कमल पोख्रेल डिल बहादुुर राना र टिकाराम सुवेदी रहेका छन् ।

पाण्डेचेरी ।
सर्वहारा बर्गका महान नेता जोसेफ स्टालिनको १४२ औं दिवश मनाइएको छ । नगर सचिव गोविन्द शर्माको सञ्चालन, अध्यक्ष जनकराज पौडेलको अध्यक्षता पछि शहिदहरुप्रति एक मिनेट मौनधारणबाट अघि वढेको कार्यक्रममा शब्दबाट स्वागत नगर उपाअध्यक्ष नरबहादुर केसीले गर्नु भएको थियो ।

स्टालिनको जीवन र सर्वहारा बर्गको हितको पक्षमा खेलेका भुमिका साथै रुसको समाजबादी क्रान्ती, साम्राज्यबादी मुलुक साथै दुनियाँमा परेको प्रभाव, अहिलेको अबस्थामा महत्व बारे मूल प्रवाह केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माले प्रष्ट्राउनु भएको थियो । कार्यक्रममा जिपमेर एरियाबाट श्रीकृष्ण खनाल लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार