१५ किलोको केक काटेर प्रधानमन्त्रीले मनाए जन्म दिन

सुरेशकुमार पाण्डे

देशका प्रधान मन्त्रि केपी ओलीले आफ्नो ६९ औं जन्म दिन धुमधामसँग मनाए । त्यसका साथसाथै १५ किलोको केकमा देशको आकार बनाई काटेर बाँट्दै खाएर खुशीयाली मनाए । केक उनकी श्रीमति राधिका शाक्या लगायत थुप्रै गणमान्य व्यक्तित्वहरु र बाल बालिकाहरुलाई समेत केक खुवाए । जन्म दिन त जन्मे जति सबैको प्रत्येक बर्ष आउँछ । कसैले केकमा देशको नकशा, कसैले देशको संबिधान, कसैले देशको झण्डा अंकित केक बनाएर काट्न थालेपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको सन्देश कस्तो पुग्यो होला ? यो सोंच्नीय विषय हो । आम जनताको जस्तै यो पंक्तिकारको पनि टाउको दुख्नु स्वभाविक हो ।

उनले त्यो केक काटे भनेर होइन, उनले केकमा देशको नक्सा बनाएर किन काटे ? यस विषयमा जनता आक्रोशित हुनुलाई अस्वाभाबिक भन्न मिल्दैन । उनले देशको नक्सा अंकित केक काट्नु छिमेकिले नेपालको भुभागलाई मिचेर नक्सा बनाउँनु यो विषय एक आपसमा सम्बन्धित त छैनन् ? शंका स्वभाविक बन्न जान्छ । अहिले उनी मिडियामा देश बिदेशमा चर्चित भयकाछन् । हुन पनि किन नहउन यति ठुलो बहादुरी इतिहासमा कसैले गर्न नसकेको काम गरेपछि तालि बच्छ नै ।

प्रधानमन्त्रिको जन्म दिनपछि भएको उनको आलोचनालाई मन्थन गर्ने उदेश्यले उन्का निजि सचिव सूर्य थापाले जनतामा गलिति मानेर माफि माग्नुको सट्टा आलोचना गर्नेहरुलाई नै “कमजोर मानसिकताको उपज” भनेर झन् चाप्लुसीको हदलाई पार गरेका छन् । प्रधानमन्त्रीले देश र जनता सामु माफि माग्नु पर्नेमा सचिवले सफाई दिएर आर्को बिवाद उत्पन्न गराएका छन् ।

देशको प्रधानमन्त्रि जस्तो गरिमामय सर्वोच्च सम्माननिय पदमा बसेका ब्याक्तिबाट भएको गम्भिर गलतिले देश बिदेशमा कस्तो शंदेस गयो ? के उनले यसको आँकलन गर्ने सामथ्र्या राख्न् सक्दैनन्?यसबारे उनले सार्वजनिक माफि मागेको भए त्यसले उनको गरिमामा बनिरहन्थ्यो । तर झन् त्यसलाई ठिक साबित गर्नलाई जुन सफाई दिनेकाम भयो त्यो अत्यान्तै दुखःको बिषय हो ।

केपि ओली एउटा साधारण ब्यक्ति होइनन् भन्ने कुरा देश दुनियाले बुझेकै छन् । बर्तमान अबस्थामा देशका प्रधानमन्त्रिको यो ब्यबहारले पुरा देशलाई लज्जास्पद बनाएकोछ । अन्ततः उनले सार्वजनिक रुपमा माफि माग्नुको बिकल्प छैन ।

प्रधानमन्त्रि ज्यु बाट यो अञ्जानमा हुन गएको गलति अवश्य पनि होइन । स्पेशल अर्डर दिएर राजधानीबाट १५किलोको देशको नक्सा अंकित केकलाई हेलिकप्ट्रद्वारा तेह्रथुम पुराइएको थियो । देशको सर्वोच्च पदमा बिराजमान ब्यक्तिद्वारा नै राष्ट्रलाई अपमान गर्ने कार्य भएको छ, यदि सर्वसाधरणको सवालमा हुन्थ्यो भने त्यो देशको केक बनाएर काट्ने कार्य एक प्रकारले देश द्रोह कार्य बन्ने थियो होला ।

उनको राजनीतिमा मात्रै होइन देशको मन्त्रि, गृहमन्त्रि, बिदेशमन्त्रि समेत रहँदै आएको उनको ईतिहास छ । उनले गरेको यो गलति नै होइन बरु उनले गरेको यो अपराधजन्य कार्य हो । जसबाट जनतामा आक्रोश उत्पन्न हुनु स्वाभाबिक हो ।

बिस.२००८ जन्मीएका केपि ओली कलिलै उमेरदेखि पार्टी संगठनको जिम्मेवार पदमा रहँदै आएका थिए । उनले झापा युद्धसम्म लडेका थिए । २०५१–५२ मा गृहृमन्त्रि, बिदेशमन्त्रि, पछि उप प्रधानमन्त्रि, २०६४÷६५मा पहिलो संबिधान सभाबाट बनेको संबिधानका ३८ औं प्रधानमन्त्रि, २०७२, अश्विन १४ मा देशको ४१ औं प्रधानमन्त्रि हालसम्म रहेका राजनीति र सरकारमा खारिएका व्यक्तित्वद्वारा गरिएको यो गलतिलाई आम सर्वसाधरणले कुन संकेतको रुपमा लिने ? देशलाई बिगतमा संघीयताले सात टुक्रामा बाँढेर आठवटा सदन गरिएको छ, त्यो सिलसिला अँझै नरोक्किने संकेत उनले दिएका छैनन् र ?

टनकपुरमा देशलाई खशी देखाएर फर्शी दिने ओली हाल भारतले आफ्नो नक्सामा कालापानीको लिपुलेख, लिम्पियाधुरा पारेको बिरोधमा सड्कमा अतिक्रर्मणको बिरुद्धमा जनसैलाब राष्ट्र जोगाउँन ओर्लिएकै बेला एमसीसी अमेरिकन सहयोग मिलिनियम च्यालेञ्जर कर्पोरेशनको नयाँ बखेडा खडा गरेर देशको ध्यान त्यहाँबाट हटाउँन सफल काफिहद सम्म भएका पनि ओली नै हुन् । अहिले त्यो अमेरिकी साम्राज्यावादको कथित सहयोगबाट आउँने धनको बाँडफाडमा बिपक्षसमेतलाई आफुतिर तान्न सफल भएका छन् उनी । तर पनि जनताले दिन रात त्यो एमसीसीको बिरुद्धमा सड्क ताताउँदा उनलाई निल्नुन ओकल्नु भएको छ । यो आन्दोलनलाई पनि ध्यान भड्काउने उदेश्यबाट ओलीले जन्म दिनको बहानामा नेपालको नक्शा अंकित केक काटेका छन् । अहिले जनताको एमसीसीबाट ध्यान हटाउँन आर्को बखेडा खडा गरेको बुझ्नु पर्ने पनि देखिन्छ ।

जान बुझेर उनी सधै चर्चामा आउँने जमर्को गर्दै आएका छन् । अहिले देश उनले पहिलेई भनेझैँ बाख्राको टाउकामा भैँसिको सिङ साबित भए पनि संघीयता जसरी तसरी लागु गराउँनेमा नै ब्यस्थछन् ।

आज जुन देशको यो दुरगति भएको छ यस्तो पहिले कुनै कालखण्डमा देखिएन, तर आज त प्रधानमन्त्रि जस्तो गरिमामय सिटमा बसेको ब्यक्ति आफुलाई कम्यूनिष्ट भनेर नथाक्ने दुई तिहाई बहुमत भएको सरकारमा देशलाई समाजवादी दिशा दिन्छौ भन्दै हिँड्ने ब्यक्तिले पश्चिमि सँस्कार अपनाउँदै आफ्नो जनम दिनमा केक त्यो पनि देशको नक्शा अंकित गरेर काट्दा कस्तो संकेत गएको छ ?जसले पनि अनुमान लगाउँन सक्छ । भैन भनेर उनका निजि सल्हाकार सचिव सूर्य थापाले प्रधानमन्त्रिको जन्म दिनको अवसरमा केकमा देशको नक्शा बनाएर काट्नुलाई सहि ठ्हराउँदै त्यशको बिरुद्धमा बोल्नेहरुलाई “कम्जोर मानसिकताको उपज” भन्न समेत पछि परेनन । यस्तो कथित समाजवाद अन्मुख सरकारको रबैयाले देशलाई ठुलो खतरामा ल्याएकोछ ।समयमै जनताहरु सचेत नहुँने हो भने देश ठुलो संकटमा पर्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार