१६ बर्षदेखि सम्पर्क बिहिन राम घर्तिको खोजि गरौं

कोच्चिन केरला १९ मार्च २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समिति अन्तर्गत पर्ने हलुवा एरिया समितिका सदस्य भिम घर्ती तथा आमा तिल्कुमारी घर्ती ,बाबा ध्यान बहादुर घर्ती का कान्छो छोरा राम घर्ती बर्ष ३५ का नेपाल घर बानेथोक देउराली वार्ड न ज्ञ, रानिडाँडा स्याङ्जा, हालै साबिक भिर्कोट नगरपालिका २, बयेर घारी मगरबस्ती स्याङ्जा गण्डकी प्रदेश, स्थायी बासिन्दा बिगत १६ बर्षदेखि भोपाल बिठल मार्केटको एक होटेलमा काम गर्दै गर्दा अचानक उक्त स्थानबाट लापत्ता भएका थिए ।

हालसम्म घर परिवार आफन्तजनहरुसँग सम्पर्क बहिन भएका राम घर्तिको बाबाको देहान्त भैइसकेपछि आमा दाजुभाई ईष्टमित्रहरु अत्यन्तै दुःखी र चिन्तामा रहेको दाजु भिम घर्तिले बताउँछन् ।राम घर्ती उतै भोपाल तिर घरजामगरि बसोबास गर्दै आउनुभएको भन्ने आसा रहेको हुँदा भोपाल तिर रहनुहुने संघ–सस्था लगायत आम नेपाली दाजुभाई दिदी बैनि तथा आमा बुबाहरुले विशेष पहल गरि फेला पारेको खण्डमा तल दिएका निम्न सम्पर्क नम्बर वा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सम्पर्क गरिदिनुहुन बिनम्रताका साथ अनुरोध गर्छौ ।

सम्पर्कको लागि तल उल्लेखित मोबाइल नं. भाइ रबिन भोपाल 9589642980, दाजु भिम घर्ती (ग्यान) कोचिन केरला 9995395331 दाजु राम बहादुर घर्ती भोपाल 9993765985 ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार