२०७६ को भैलो समापन कार्यक्रम सम्पन्न


जयपुर दक्षिण, १० नोभेम्बर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणले २०७६ को देउसी भैलो समापन गरेको छ । रिम रानाको सञ्चालन, बल बहादुर खासुको अध्यक्षतामा अगाडि बढेको थियो । कार्यक्रमका सहभागीहरुलाई दीपक थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, नारायण शर्मा, महिला केन्द्रीय विभागकी हुमा रजाली, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली, सचिव नारायण ज्ञावली, महिला क्षेत्रीय विभागकी अध्यक्ष कल्पना थापा, मूल प्रवाह जयपुर उत्तरका मंगल सिंह खडका, राष्ट्रिय जनमोर्चा तनहुकी सदस्य मीरा थापा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा लालकोठी टोल समितिका भीम श्रेष्ठ, पत्रकार कालोनी टोल समितिका गोपाल परियारले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले परम्परागत चाड पर्वलाई प्रगतिशील रुपमा रूपान्तरण गर्नु पर्ने बताउनु भयो । देउसी भैलो सफल पार्न योगदान दिने कलाकार तथा अन्य विभिन्न प्रकारले योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार