२०७७ सालको हरितालिका तिजको सुभकामाना

मानामा, बहराइन । हरितालिका तिजको अवसरमा बहराइन नेपाली एकता समाज अन्तर्गत महिला विभागले शुभकामना वक्तव्य जारी गरेको छ । विभागकी अध्यक्ष विष्णु रखालद्वारा जारि वक्तव्यमा अहिलेको तिज कोभीड १९ का कारण मुर्छित बनेको बताउनु भएको छ ।

चाहेर पनि हिंजोका दिनहरु जस्तै यो साल तिजी पर्व मनाउन नसकिएको रखालले बताउनु भएको छ । त्यस्तै रखालले अहिलेको संकटलाई हृर्दयगमन गर्दै आ–आफ्नो घरमा रमाइलो गरेर मनाउन अनुरोध गर्दै समस्त देश तथा बिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना प्रकट गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ :

“पर्व विषेश गरि हिन्दू महिलाहरुको महान पर्वको रुपमा मनाउँदै आएको चाड हो । यद्यपि नेपालमा सबै जाति, धर्म, बर्ग र क्षेत्रका आम महिलाहरुले मनाउँदै आएका छन् ।

यो पर्वको जग धार्मिक परम्परामा आधारित भए पनि वा भगवान शिव प्राप्त गर्न पार्वतीको तपस्या त्यस बारे विभिन्न किम्बदन्तीहरु पढ्न वा सुन्न पाईन्छ । तिजी पर्बलाई अहिल कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैँ, तिजको मर्म र सौन्दर्य पक्डेका गीत नबनेका होइनन् । न्यून सङ्ख्याका त्यस्ता गीतको हस्तक्षेप कम छ । तिजको मूल मर्मबाट बाहिरिएर तयार पारिएका सामाजिक सद्भाव विथोल्ने प्रकारका गितहरुले तिज गीतको मौलिकता, परम्परा एवं सौन्दर्यलाई कुरुप बनाइदिएका छन् ।

तीज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौंदेखि मनाउन थालिएको हो, तर आज भोली तिज पर्व मौलिक संल्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ । उत्ताउला गीत संगित सहितको महंगा महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ तीज । समानताको तीज बन्न सकोस ताकी गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो, ढिंकी जाँतो र मेलापात गर्ने नारीको पनि तीज बन्न सकोस । तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको तीज बन्न सकोस ।

अहिलेको तिज कोभीड १९ का कारण मुर्छित बनेको छ । चाहेर पनि हिजोका दिनहरु जस्तै यो साल तिजी पर्व मनाउन सकिएको छैन । अहिलेको संकटलाई हृर्दयगमन गर्दै आ–आफ्नो घरमा रमाइलो गरेर मनाउन अनुरोध गर्दै समस्त देश तथा बिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा यहाँहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार