४० औं स्थापना दिवस अलिबागमा भव्य रुपमा

अलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समितिको आयोजनामा ४०औं स्थापना दिवस समारोह सम्पन्न पारिएको छ । इश्वर पुनको सञ्चालन तथा मधु पुनको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा शहिदप्रति एक मिनेट मौनधारण पछि खिमबहादुर पल्लिले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय समितिका अध्यक्ष खुमबहादुर पुनको प्रमुख आतित्थ्यता रहेको थियो । क्षेत्रीय सदस्य तेज बहादुर थापा, नगर सदस्य चित्र बहादुर थापाले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा मूल प्रवाहले भारत प्रवासमा खेलेको भूमिका र त्यसलाई साइवेर क्षेत्रमा प्रचार प्रसारका लागि नेपाली एकता डटकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख अतिथि खुम बहादुर पुनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार