तिलक राना,
हैदरावाद उत्तर, ७ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिका सदस्य विन बहादुर नेपालीलाई स्वदेश विदाई गरिएको छ ।
स्वर्गद्वारी नगरपालिका भिङ्ग्री वडा नम्बर ३ प्युठान र हाल लक्ष्मी नगर पालिका रातो डाडा वडा नम्बर ५ दाङ्ग निवासी विन बहादुर नेपालीले कार्यरत संस्थानबाट अवकास लिए पछि स्वदेश जानु भएको हो ।
विदाई कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्य राम प्रसाद शर्मा, उत्तर हैदराबाद नगर समितिका अध्यक्ष मोहनलाल शर्मा र उत्तर नगर समिति का कोषाध्यक्ष घनश्याम शर्माले संगठनमा दिएको योगदानको बारेमा चर्चा गर्दै स्वदेशमा गएर पनि देश र जनताको निम्ति शोषित पीडित उत्पीडित वर्गको मुक्तिको लागि सदा सर्वदा अग्रसर भइ राष्ट्र र राष्ट्रियको पक्षमा कार्यरत रहनु हुने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
नेपालीले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिएको शिक्षालाई आत्मासाथ गर्दै ईमान्दारिता पुर्वक राष्ट्रिय जनमोर्चामा आबद्ध भएर देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।