रोमानियाले माग्यो नेपाली कामदार, मासिक तलब ७८ हजार माथि

काठमाडौं – रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको nomis 2003 SRL कम्पनीले ३० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ७८ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले ह्वाईट हर्स ईन्टरनेशनल प्रालिको कार्यालय गैरीगाउँ काठमाडौंमा पुस ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार