मूल प्रवाह केन्द्रीय समितिको आठौं बैठक सम्पन्न

  • संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील
  • नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाले आयोजना गर्न लागेको संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

    ८ फरवरी (माघ २६ गते) सम्पन्न केन्द्रीय समितिको बैठकले संघीयताविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने निर्णय गरेको हो ।

    अध्यक्ष ठाकुर खनालद्वारा बुधबार (१२ फरबरी २०२५) मा जारी विज्ञप्तिमा संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका लागि भारतब्यापीरुपमा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको उल्लेख छ ।

    यस्तै, मूल प्रवाहले विभिन्न नगर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिएको छ भने बाँकी रहेका नगरहरूमा सम्मेलनको मिति तय गरेको छ ।

    भारतमा प्रवासी नेपालीहरूका विभिन्न समस्या समाधानका लागि पनि मूल प्रवाहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    यस्तो छ वक्तव्य

    मितिः १२ फरवरी २०२५
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आठौं बैठक ८ फरवरी २०२५ मा सम्पन्न भएको छ । बैठकले गरेका कतिपय निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारि गरिएको छ ।

    १) नगर सम्मेलन अभियान सफल पार्न सहयोग गर्नुहुने नेता, कार्याकर्ता, कलाकार, पत्रकार, स्वयंसेवी, सहयोगी तथा सहभागि आम जनसमुदाय सबैलाई केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन्छ ।

    २) बैठकमा राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि संघर्ष गर्ने कार्यलाई निरन्तरता दिइएको छ । जसमा नेपालको सन्दर्भमा संघीयता घातक सावित भइरहेको छ । राष्ट्रिय जनमोर्चाले आव्हान गरेको संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । आन्दोलनलाई भारत प्रवासबाट आर्थिक, नैतिक समर्थन गर्दै सहभागि गराउने निर्णय गरिएको छ । मार्च १५, २०२५ भित्र भारतका विभिन्न क्षेत्र तथा नगरहरुमा आन्दोलनको प्रचार(प्रसारको लागि संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता तथा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको छ ।

    ३) प्रवासी नेपालीहरुको हकहित एवं परिवर्तनको पक्षमा आन्दोलन उठान गर्न संघर्षका कार्यक्रमहरू तय गरिएको छ । विभिन्न राज्यहरूमा देखापरेका नेपालीका विभिन्न समस्याहरू समाधानका लागि अलग–अलग कार्यक्रमहरू तय गरियो । सरोकारवाला निकाय तथा राज्य सरकारहरू समक्ष माग पत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, अन्तर्क्रिया आदि कार्यक्रम क्षेत्रीय र राज्य समितिहरू एवं केन्द्रीय कार्यालयसँग समन्वयमा गरिने छन् ।

    ५) महिला विभागको आयोजनामा विभिन्न नगरहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व’बारे अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ ।

    ६) नेपाल तथा भारतका जनता बीचको आपसी मित्रतालाई सुमधुर एवं सुदृढ बनाउन एक मई २०२५ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने कार्यक्रममा भारतीय मजदुर संगठनहरूलाई पनि सामेल गर्ने गरि गरिनेछ ।

    ७) सम्मेलन गर्न बाँकी रहेका पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गतका नगरहरूको सम्मेलन मिति निश्चित गरियो । जस्मा कोहिमा २–३ मई, डिमापुर ४–५ मई, ७–८ मई गुवाहटी, १०–११ मई लाडरुम्बाई, १४–१५ मई वर्सेरा, १७ मई सिलोङ र २० मई सिलोङ ।

    न्यानो अभिवादन सहित

    ठाकुर खनाल
    (अध्यक्ष)

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार