MCC परियोजना नेपालको सार्वभौमिकता माथि नै हमला गर्ने उदेश्य सित आएको छ : खनाल

  •   
  •  
  •  
  •  
  •  
  •  

654 जनाले पढ्नु भयो ।

तारापुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले एमसिसि परियोजना नेपालको सार्वभौमिकता माथि नै हमला उदेश्य सहित आएको बताउनु भएको छ । खनालले सो धारणा तारापुर नगर समितिद्धारा आयोजित एमसिसि सम्झौता विरुद्ध सभालाई सम्बोधनको दौरानमा राख्नुभएको हो ।

“इण्डो–प्यसिफिक स्ट्राजी अन्तर्गतको यो परियोजना नेपालको वैदेशिक नीति विरुद्ध समेत हो । नेपालले कुनै देशलाई खुशी पार्न कुनै छिमेकीलाई शत्रु बनाउन हुँदैन ।” महासचिव खनालले भन्नु भयो– “एमसिसि पास गरे नेपाल दुई साम्राज्यवादी देशहरुको लागि युद्धको मैदान बन्ने खतरा छ ।” एमसिसिले नेपाली जनताको सुरक्षामा समेत खतरा उत्पन्न गर्ने खनालले बताउनु भएको थियो ।

५०० मेलेनियम डलर कुनै ठूलो रकम होइन नभएको खनालले बताउनु भयो । “नेपालले पनि १३० मिलेनियम डलर लगाउनु पर्ने तर नेपालले लगानी लगाउने हिसाब अडिट गर्न नपाउने, सुरक्षाको नाममा अमेरिकी सैनिक रणमैदान बनाउने षडयन्त्र हो ।” खनालले भन्नु भयो– “नेपाल सरकारले हाल बिछ्याइएको ट्रास्मिसन लाइन खर्च भन्दा बढी लागत मुल्य बढि छ । नेपाल सरकारले एमसिसिमा लगाउने १३० मिलेनियम डलरलाई प्रयोग गरेर आफ्नो आवश्यकता पूरा गर्नु पर्छ ।”

हाल सरकारले साम्राज्यबादी शक्तिहरुलाई खुसी पार्न जनतन्त्रमाथि समेत हमाल गरेको खनालले बताउनु भयो । जनताको बिरोध प्रकट गर्न पाउने प्रजातान्त्रिक अधिकारमा समेत प्रतिबन्धित गर्ने कुनै प्रकारका षडयन्त्रका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अग्रपंक्तिमा रहेर संघर्ष गर्ने खनालले बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवरले पनि मन्तव्य दिनुभएको थियो ।

नगर अध्यक्ष खड्कबहादुर राईको अध्यक्षता र नगर सचिव ज्ञानप्रसाद भट्टराईको सञ्चालनमा अगाडि बढेको सो सभामा ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पछी बोम बहादुर सिंजालीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *