MCC विरुद्ध श्रीगंगानगरमा सभा सम्पन्न

श्रीगंगानगर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रीय सचिव त्रिभुबन भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो । सभामा एमसिसी खारेजीको मागप्रति ऐक्यवद्धता प्रकट गर्दै केन्द्रीय सदस्य कृष्ण जिसी, महिला क्षेत्रीय सदस्य बसन्ता नेपाली, विद्यार्थी क्षेत्रका तेजपाल भण्डारी, समता विभागका प्रेम विक, एरियाहरुबाट चिन्तामणि भट्टराई, गिरीराज भट्टराई, रेम विक र रेशम भण्डारी लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रममा गिरुप्रसाद न्यौंपानेको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो, कार्यक्रमा सहभागिहरुलाई हुकुम बहादुर विकले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार