MCC सम्झौताको विरोधमा रोपडमा सभा सम्पन्न

रोपड, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको आयोजनामा एमसिसि संझौता विरुद्ध सभा सम्पन्न भएको छ ।

विरोध सभा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतित्थ्यता रहेको थियो । सापकोटाले राष्ट्रिय सम्पदा र सार्वभौमिकता बचाउन एमसिसी खारेजीको आन्दोलनलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभएको थियो ।

क्षेत्रीय सदस्य शिवलाल लामीछाने, खगी थापा, शिवलाल लामीछाने, महिला विभाग क्षेत्रीय अध्यक्ष सिता सापकोटा, क्षेत्रीय जनजाति विभागका बिल वहादुर गुरुङ, नगर समितिका अध्यक्ष दयाराम लामिछाने र केन्द्रीय साँस्कृतिक विभागका मनकाजी गुरूङले नेपालमा एमसिसि खारेजीको विकल्प नभएको बताउनु भएको थियो ।

ओमप्रकास सापकोटाको सञ्चालन र छविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार