MCC अमेरिकी साम्राज्यवादको सोलो पोइजन हो : शर्मा

दक्षिण भारत, ७ सितम्बर । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले एमसिसि अमेरिकी साम्राज्यवादको सोलो पोइजन भएको बताउनु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा एमसिसि बिरुद्ध भर्चुअल सभालाई सम्बोधनका क्रममा शर्माले सो धारणा राख्नुभएको हो ।

“अमेरिकी साम्राज्यवादले विभिन्न देशहरुको सार्वभौमिकता माथि आधिपत्य जन्माउनका लागि गरिएको षडयन्त्रको एउटा कडी एमसिसि नामक सोलो पोइजन हो । कुनै पनि काम गर्दा एमसिसि विरुद्धमा कुनै पनि कुरा बाझियो भने, नेपालको संविधान निरस्त हुने र एमसिसिको संविधान कार्यान्वयन गरिन्छ, भन्ने एमसिसिमा रहेको प्रावधानले नेपालको सार्वभौमिकतालाई नै समाप्त पार्ने उदेश्य सहित आएको स्पष्ट हुन्छ ।” शर्माले अगाडि भन्नु भयो– “एमसिसि इंडोप्यासिफिक रणनीति अन्तर्गत आएको छ, इंडोप्यासिफिकको उदेश्य सैन्य शासन कार्यान्वयन गर्नु हो ।” एमसिसि नेपालको बौद्धिक सम्पत्ती माथि आधिपत्य जमाउने उदेश्य सहित आएको शर्माले जोड दिनुभएको थियो । एमसिसि नेपालाई अमेरिकी साम्राज्यवादी सैन्य रणमैदान बनाउने उदेश्य आएकोले यसलाई सम्पूर्ण देशभक्त शक्तिहरुले विरोध गर्दै कार्यान्वयन गर्न नदिन जोड निदुपर्ने शर्माको थप भनाई थियो ।

सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेलले अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

अवधारणा पत्र थप पुष्टि गर्दै गण्डकी प्रदेशकी सांसद पियारी थापाले अमेरिकी साम्राज्यवादले नेपाललाई सामरिक युद्धमा धकेल्ने चाहेको लगायत तीन चारवटा विषयहरुलाई पनि समेटनु पर्ने सुझाव दिनुभएको थियो । “एमसिसि नेपालमा इंडोप्यासिफिकको रणनीति अन्तर्गत आएको छ, इंडोप्यासिफिकको उदेश्यक भनेको विभिन्न शान्ति स्थापना गर्ने बहानामा सैन्य अखडा बनाउने नै हो ।” थापाले भन्नु भयो– “इंडोप्यासिफिक रणनीति अन्तर्गत नेपाललाई पनि अमेरिकी साम्राज्यवादले आफ्नो सन्य अखडा बनाउने उदेश्य सहित आएको छ ।” विभिन्न अमेरिकी साम्राज्यवादको कलो खाएर विभिन्न पादरीहरुले नेपालमा एमसिसि पारित गर्नु पर्नेमा जोड दिएका छन्, उनीहरुलाई सामाजिक रुपमा पनि बहिष्कार गरेर जानु पर्ने थापाले थप जोड दिनुभएको थियो ।

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले भारतका सम्पूर्ण शहरहरुमा एमसिसि विरुद्ध मूल प्रवाहका कार्यकर्ताहरुले आवाज उठाएको बताउनु भएको थियो । “हामीले केवल २४ घण्टाको अवधिमा भारतका करिब ९७ शहरहरुमा एमसिसि विरुद्ध सभा भएका छन् ।” केसीले भन्नु भयो– “आवश्यक परे देशमा एमसिसि खारेजीको आन्दोलनमा भौतिक रुपमा पनि एकता समाजका कार्यकर्ताहरु सहभागि हुन सक्ने छन् ।”

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, मदन शर्मा भगवती कुँवर, केन्द्रीय सल्लाहकार बालकृष्ण गायक, हङकङ नेपाली एकता समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

गोकुल गायक, धरम पहरी, बेंगलोर उत्तर, लोकेन्द्र पौडेल चेन्नई, जनक बिसी, कोचिन चन्द्रप्रसाद पौडेल कोईबतुर, मनोज जिसी कोट्टयामले मन्तब्य शहित ऐक्यबद्वता जनाउनु भएको थियो ।

केन्द्रीय कोषाध्यक्ष केबी थापा, सदस्य चोबनाथ शर्मा, गिरीराज परियार, ठाकुर केसी, महोराज चालिसे, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य तथा नेपाली एकता र नेपाली समाचार पत्रिकाका सहसम्पादक धनबीर पुन, मलेसिया नेपाली एकता समाजका गोबिन्द बिष्ट, कोरिया नेपाली एकता समाजका बिष्नु पुनले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

क्षेत्रीय समितिका सहसचिब धर्मराज शर्माको सञ्चालन र क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षताबाट अगाडि बडेको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विकले उपस्थिति जनसमुदायहरुलाई शब्दबाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई देबिराम केसीले धन्यबाद मनतव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार