कोटीप्रसाद पोखरेल,
चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित चेन्नई पश्चिम नगर समितिको आयोजनामा मूल प्रवाहको ४२औं स्थापना दिवस कार्यक्रम सम्पन्न पारेको छ ।
कार्यक्रममा नगर समितिका डिल बहादुर जीएमको अध्यक्षता ग्रहण पश्चात ज्ञातअज्ञात शहीदहरूप्रति १ मिनेट मौनधारण पछि खुमानप्रसाद भण्डारीले उपस्थित जनमानसलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रबाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य मोहराज चालिसेले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नु भएको थियो ।
चालिसेले मूल प्रवाहको स्थापना कालदेखि वर्तमानसम्म बिभिन्न किसिमका कठिनाईहरुका बाबजुद पनि भारत लगायत विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरुलाई सचेत र संगठित गर्दै जनतन्त्र, जनजिवीका र राष्ट्रियताको पक्षमा एकता समाजले आवाज बुलन्द गर्दै आएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य केशमान नेपाली, मूल प्रवाह चेन्नई पश्चिम नगर सदस्य तथा पश्चिम महिला नगर बिभागकी अध्यक्ष पुष्पा पौडेल, पश्चिम नगर समितिका कोषाध्यक्ष बुद्धिराम पौडेल, नगर सदस्य दुर्गा बहादुर रायमाझी, पश्चिम नगर अन्तर्गत किशोर शर्मा लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नगर सदस्य पदम प्रसाद पौडेलले गर्नु भएको थियो ।
















