जालन्धरमा भव्य रुपमा भैलो सञ्चालन

कुल बहादुर बगाले,

जालन्धर,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको जनवादी भैलो कार्यक्रम सम्पन्न पारेको छ ।

मधुकर भण्डारीको सञ्चालन जितमान थापाको अध्यक्षता शहिदहरुप्रति मिनेट मौनधारण र श्रीमती जुना बिकको स्वागत पछि केन्द्रीय सदस्य कुल बहादुर बगालेद्वारा मूल प्रवाहको व्यानर माथि साथै रिवन काटेर उद्घाटन गरियो ।

सम्पूर्ण विभागहरुबाट पञ्च दीप प्रज्वलित सर्व प्रथम केन्द्रीय सदस्य कुल बहादुर बगाले र क्रमशः शुष्मा खड्का केन्द्रीय महिला विभाग, जमुना गाहा रक्तिम विभाग हिमप्रसाद समता विभाग, किरण पुनबाट संयुक्त दीप प्रज्वलित गरि बिधिबत रुपबाट भैलो सञ्चान गरियो ।

सो अवसरमा दिल बहादुर गाहा नगर सचिव दिल बहादुर गाहा, केन्द्रीय परिषद सदस्य धन बहादुर गोर्खाली, चन्द्र बसेल, मीना बगाले कार्यवाहक इन्जार्ज महिला विभाग सुदुरपशिमोत्तर क्षेत्रीय विभाग, हर्क बहादुर बुढाथोकी advocate रितीका खड्का विद्यार्थी र प्रकाश गाहा बाल सङ्गठनको तर्फबाट आ–आफ्ना भनाइका साथै दिपावली २०७७ को शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार