सुरेशकुमार पाण्डे
आमा र बा डराएका छन् जातका लागि,
बाल बच्चा कराएका छन् भातका लागि ।
दुई ढुङ्गाको तरुल जस्तै भएकाछौँ हामी,
कसरी जुटाउँ यो खर्च दिन रातका लागि ।
आमाको उपचार खर्च पुग्दैन सम्पतिले,
कसरी जुटाउँ अनेक थरी मातका लागि ।
जीवन साथिलाई पनि सकिन दिन सुख,
धन्यावाद छ जीवनभरी साथका लागि ।
संसार आज आकास पत्ताल पुगि सक्दा,
हाम्रो लडाई अझै पनि औकातको लागि ।
असरवादले नाफाको राजनीति गर्ने गर्दा,
गरीब आपसमै लड्छ बिनबातका लागि ।
हाम्रै बर्गलाई के खाम केलाम भयो सदियौँ,
बिदेश धाउँछौ लगाउन उँभो हातका लागि ।
फेरीपनि चिन्न सकिनौँ गरीब ले दुश्मनलाई,
को जिम्मेवार छन् घात प्रतिघातका लागि ।
टोका टोकछ घरमा एकले आर्कालाई भन्छ,
तँ जिम्मेवार छस् यो दुःखको खातका लागि ।