सुरतमा महिला नगर विभाग गठन

सुरत, २३ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित सुरत नगर समिति अन्तर्गत महिला विभागको प्रथम महिला भेला सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, पश्चिम भारत क्षेत्रीय महिला विभाग सदस्य सबिना कुँवर, सुरत नगर अध्यक्ष पूर्ण बहादुर विक, नगर उपाध्यक्ष कटक विकको विशेष उपस्थिति तथा लक्ष्मी विक र विमला विकको पहलकदमीमा सो भेला सम्पन्न भएको हो । भेला शान्ति तिरुवाको अध्यक्षता र गीता वस्यालको सञ्चालनमा अगाडि बढेको थियो ।

भेलाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ खफरवरी २७–२८ र १ मार्चमा हुन गइरहेको आठौं अखिल भारत नेपाली एकता सम्मेलनमने प्रचारात्मक सभा यही डिसेम्बर २६ मा सुरतको मिनीबजारमा पश्चिम भारत क्षेत्रीय समितिको सम्पन्न हुन गइरहेको छ । भेलाले क्षेत्रीय समितिद्धारा आयोजित प्रचारात्मक सभा सफल पार्न आबस्यक तयारी गर्ने निर्णय गरेको छ ।

भेलाले शान्ति तिरूवाको अध्यक्षतामा १५ सदस्यीय सुरत महिला नगर विभाग गठन गरेको छ । जसमा ः सचिव– गीता वस्याल र कोषाध्यक्ष– विमला विक, सदस्यहरुमा : लक्ष्मी विक, नन्द विष्ट, मुन्ना विक, इन्दिरा विक, नन्दनी विक, शोभा विक, सुनिता विक, पूजा विक, सुस्मिता गिरी रहनुभएको छ।

एकता समाजको लक्ष्य, उदेश्य र आबस्यकताको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि गोविन्द बहादुर थापाले ‘प्रवाशमा नेपालीहरूको अवस्था दयनिय छ, महिलाहरुको समस्या झन् जर्जर छ, हत्या हिंशा बलात्कार अपहरण हुने गरेका कैयौं घटनाहरु हुने गरेका छन् । यि सम्पूर्ण समस्याको समाधानका लागि एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ एकता आजको आबस्यकता हो । आगामी २०२२ फरवरी २७–२८ र १ मार्चमा हुनगइरहेको आठौं अखिल भारत सम्मेलन सफल पार्न तन–मनबाट लाग्न थापाले कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको थियो ।

‘कतिपय ठाउँमा अराजक तत्वहरूले भ्रम श्रृजना गर्दै हिंडेका छन्– हाम्रो एकताले सबै खाले अवसरावाद र अराजकत्वहरुलाई परास्त गरिसेको छ ।’ थापाले भन्नु भयो– ‘झुट र फरबको आयु सत्य बाहिर नआउँदासम्म मात्रै हो ।’

अतिथि सबिना कुँवरले विभागीय समितिलाई शुभ कामना बधाई दिँदै– महिलाको समस्या समाधान गर्न हामी महिला नै पुरुषसँग हातमा हात काधमा काध मिलाएर एकताको महान अभियानमा जुटनु पर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार