पार्टीप्रतिको गद्दारी वा आस्थाप्रतिको मजाक ?

नेकपा (मसाल) ले आठौं महाधिवेशन पूर्व पार्र्टीमा दुईवटा विचारहरु देखापरेका थिए । ति दुई वटा विचार थिए (क) संस्थापन पक्षको विचार थियो, ‘..अहिलेको गणतन्त्र वर्जुवा गणतन्त्र हो, यद्यपी यसमाथि खतरा सृजना भएको छ । त्यो खतराको विरुद्ध हामी सचेत रहनु पर्दछ र संघर्ष गर्नु पर्दछ । किनकी यो गणतन्त्र स्थापना गर्न ६ दशक लामो समयसम्म संघर्ष गर्नु परेको थियो । त्यसैले यो पूँजीवादी गणतन्त्र भएता पनि अहिलेको परिवेशमा यसलाई बचाउँदै यसमाथि टेकेर दिर्घकालीन योजनाहरू बनाउँदै अगाडी बढ्नु आवश्यक छ । संसद, स्थानीय तहलाई उपयोग गर्ने, जनतासँग घनिष्ठ सम्बन्ध राख्दै उनीहरुका समस्यालाई न्यूनीकरण गर्न पहल गर्दै जाने । सरकारको गलत नीति र गलत कृयाकलाप तथा व्यवहारको भण्डाफोर गर्ने र जनतालाई सचेत बनाउने….’ भन्ने प्रकारको विचार थियो । अर्कोतर्फ अल्पमत पक्षको विचार थियो, ‘…अब देशमा गणतन्त्र आइसक्यो अब हामीले यसको संरक्षण तर्फ होइन, यसको विकल्पमा अगाडि बढ्ने योजना निर्माण गर्नुपर्दछ । किनकी क्रान्तिकारी पार्र्टीहरु बुर्जुवा व्यवस्थाको संरक्षण गर्नुपछी नलागि यसको विकल्पमा नयाँ जनवादी व्यवस्थाको लागि आधार तयार गर्नुपर्छ र यसको ध्वंस गर्नुपर्दछ । यो व्यवस्थाको संरक्षण गर्न अरु चुनावी पार्र्टीहरु र बुर्जवा सबै पार्र्टीहरुले भूमिका निभाउँछन् अब हामी यहाँ अड्कीनु हुँदैन…’ भन्ने आसय बोकेको विचार थियो । झट्ट सुन्दा, पढदा के लाग्थ्यो भने– हो आजसम्म पार्टीले नयाँ जनवादी व्यवस्थाको आधार तयार बनाउन सकेन, जनवादी व्यवस्थाको रणनीतिक उद्देश्य पुरा गर्नका लागि सहि कार्यनीति तय गर्न सकेन की भने केही गुन्जाइस पनि कुनै न कुनै कोणमा उठेको हो । जसको व्यापक छलफल चलाउन पार्र्टीले फोरमहरुको प्रकाशन गरेको थियो । २÷२ वटा व्यापक हुलफल चलाउन पार्र्टीले फोरमको प्रकाशन पछि व्यापक छलफलको नतिजा आठौं महाधिवेशनले निकाल्यो । महाधिवेशनले निकालेको परिणाम यो थियो कि ‘अहिले सन्दर्भमा गणतन्त्रको रक्षा गर्दै जनवादी व्यवस्थाको आधार तयार गर्न लाग्नु पर्दछ । किनकी यो गणतन्त्रको बिरुद्धमा विभिन्न देशी विदेशी प्रतिगामी शक्तिहरु लागिपरेका छन् । प्रतिक्रियावादी शक्तिहरु लागिपरेका छन् । उनीहरु देशमा निरंकुश शासन कायम गर्न चाहन्छन् र देशलाई हिन्दू राष्ट्र कायम गर्दै राजसंस्था ब्युताउँ चाहन्छन् । त्यसैले यो खतराप्रति पार्र्टी सचेत रहँदै गणतन्त्र, धर्मनिरपेक्षता र अहिलेको संविधानको रक्षा गर्दै अघि बढ्नु पर्छ भन्ने संस्थापन पक्षको पक्षमा फैसला निकाल्यो । अब प्रश्न यो फैसलालाई मान्ने कि यसका विरुद्ध जाने भन्ने देखियो जुन आज जताततै सतहमा देखिदै आएको छ ।

हिजो अल्पमत पक्षले उठाएका विचारकलाई समर्थन गरेका साथीहरु आज तितर बितरको अवस्थामा पुगेका छन् । लामो समयसम्म सामाजिक सञ्जालमा पार्र्टीको विरुद्ध विष वमन गर्दै विभिन्न प्रकारका भ्रम फैलाउने प्रयत्न गरियो । आर्थिक हिनामिना गरेको भनेर सार्वजनि रूपमा प्रोपोगान्डा मचाउने प्रपन्च रचियो । विचारलाई भन्दा पनि व्यवहारलाई अतिरन्जीत प्रकारले छताछुल्ल पार्ने दुश्प्रयास गरियो । यसो गर्दैगर्दा पार्र्टीले भन्यो, प्रणालीमा बाधिनुस्, नियम भित्र अनुशासनलाई मान्नुस् । किनकी कम्युनिष्ट पार्र्टीभित्र फलामे अनुशासनको पालना गर्नुपर्दछ । आफ्ना विचार असम्बन्धीत ठाउँमा नराख्नुस् । अराजक नबन्नुहोस्, किनकी अराजकताका पराकाष्टा साह्रै पीडादायी हुन्छ । जसले पतनको बाटो निर्देशन गरिराखेको हुन्छ । संयमित बन्नुहोस्, धैर्य गर्नुहोस् । पार्र्टी हितका लागि काम गर्नुहोस् । व्यक्तिगत महत्वकांक्षा बोकेर अगाडी नबढ्नु होस् । अति महत्वाकांक्षाले कुण्ठाको सृजना गर्दछ । जब व्यक्तिमा कुण्ठा हावी भो भने निराशा, आवेश, उत्तेजना, हमेशा नकारात्मक सोंच आदि उत्पन्न हुन्छ । यो चीजले पतनको बाटोमा लाग्न प्रोत्साहन गर्दछ । त्यसैले पार्र्टीको निर्णय मानेर काम गर्नुपर्छ । आठौं पछि नवौं महाधिवेशन आउँछ, त्यहाँ छलफल गर्नुहोस् । आफ्नो विचार सहि छ भने त्यहाँ पास हुन्छ, गलत छ खारेज हुन्छ । चित्त नबुझे नोट अफ डिसेन्ट राख्नुहोस् तर काम खुलेर गर्नुहोस् । पार्र्टीले आह्वान ग¥यो तर मान्नु भएन । झनझन सामाजिक सञ्जालमा नेतृत्व विरुद्ध गाली गलौज र आरोप तथा लाञ्छाना लगाउँदै जाने श्रृङखला बढ्दै गयो । पार्र्टीले सच्चाउनका लागि पहल ग¥यो । पार्र्टीले सच्चाउनका लागि पहल ग¥यो, फेरी वार्ताटोली निर्माण गरि वार्ता गर्ने भन्यो तर वहाँहरुले त्यो कार्यको पनि बदख्वाई गर्दै जानु भयो र भन्नु भयो कि विनाशर्त सबै माथिको कार्वाही फुकुवा हुनुपर्दछ । जागरणका संयोजक सहितको वार्ताटोली निर्माण गर्नु भयो । यद्यपी पार्र्टीले कुनै संस्थासँग वार्ता गर्ने भनेको थिएन । पार्र्टीले त पार्र्टीसँग असन्तुष्टि भएका कार्यवाहीमा परेका, निस्कृय रहेका पार्र्टी कै व्यक्तिहरुसँग गर्ने भनेको थियो, जसले पार्र्टी हितको लागि काम गर्ने वातावरण सृजना होस् । तर यहाँ प्रचारवाजी गर्दै ठूलो डंका पिटिईयो कि, अब वार्ता गर्दैन यो भ्रममा पार्ने तरिका हो, अब हामी अगाडि बढ्छौं । राजनीति भावनामा बहकिएर हुने र गर्ने चीज होइन । नत आग्रह, पूर्वाग्रह रिस, आवेग, कुण्ठा र प्रतिशोधात्मक तरिकाले । राजनीति गर्न र राजनीतिको उद्देश्य र लक्ष्यमा पुग्नको लागि सहि राजनैतिक लाईन, विचार र कार्यदिशा अनि योजना भएन भने राजनीति धेरै दिन चल्न सक्दैन । त्यसैले गलत विचार र मौसमी राजनीतिले प्रेरित बनेका व्यक्तिहरुले धेरै लामो यात्रा तय गर्न सक्दैन । कित बीचमा पुग्दा दुर्घटना हुन्छ कित यात्राको दौरानमा लिफ्ट मागेर गन्तव्यमा जान बाध्यता पर्दछ ।

यतिखेर गत मंसिर महिनामा चितवनमा भेला गरी ने.क.पा. (मसाल) समन्वय समिति बनाएको घोषणा गर्दै पत्रकार सम्मेलन गरे । आफ्नो कार्यक्रम की बारेमा घोषणा गर्दै अहिले चुनावलाई उपयोग गरेर जानु पर्दछ, जनसंघर्ष नै अहिलेको संघर्षको रूप हुनुपर्दछ भन्ने कुरा गरे । अब अहिलेको समय जनसंघर्ष गर्ने बेला हो । बन्दुक उठाउने बेला होइन भन्ने कुरा त आठौं महाधिवेशनले किटानीसाथ निर्णय गरेको छ । अनि अब आठौं महाधिवेशन त्यही मुद्धा उठाउँदा दक्षिणपन्थी हुने आफुले अहिले त्यही कुरा गर्दा क्रान्तिकारी कसरी हुन सक्छ ? यो पक्कै पनि लफ्फाजी कार्यशैलीले जनवादी केन्द्रियताको सिद्धान्तको मर्मलाई यान्त्रिक रुपमा अपनाउन प्रेरित गर्दछ, जसले पतन वा पलाएन तथा विलयको विकल्प रहँदैन ।

विगतमा रिमको प्रभावमा परेर हतियार उठाएको माओवादी, अझ २०२८ सालमा चारु मजुमदारको प्रशिक्षण र प्रभावले हतियार उठाएका हालका एमालेहरु, दिननाथ शर्माको सेना नभएको पार्र्टी कम्युनिस्ट पार्र्टी हुन सक्दैन भनेर माओवादीसँग गएका उदाहरणहरु यस्तै लफ्फाजी, अराजकता बोकेका ट्राटस्कीवादी यान्त्रिक सोंचले ग्रसित थिए । आखिर हाल के भयो ? कुरा छर्लंगै छनी, विचारमा मतभेद भएर होईन, पार्र्टीले गलत बाटो समात्यो र पार्र्टी विग्रन्छ भन्ने चिन्ताले पनि होइन, चिन्ता त के देखियो भन्ने पार्र्टी धेरै थोरै ज्ञान हासिल गरेका आला काँचा केही कार्यकर्ताको महत्वाकांक्षा बढेर गयो, अब त हामी केही भन्दा कमि छैनौं, सबै कुरा बुझेका छौं जानेका छौं । अब हामीले आट्यौं भने जे पनि गर्न सक्छौं भन्ने प्रकारको अति आत्मविश्वासको भ्रममा पर्न थालेर कतिपय पुराना नेताहरूलाई उचाल्न थाले । यसरी उचाल्ने र उचालीने प्रवृतिले वास्तविक पार्र्टीको ऐतिहासिक धरातलमा टेकेर वास्तविक चुरोकुरो पत्ता लगाउने र समस्याको समाधान खोज्ने भन्दा पनि कसरी हुन्छ, नेतृत्वको विरोध गर्ने, नेतृत्वप्रति असन्तुष्टि पैदा गर्ने, भ्रम पार्ने र वितृष्णा फैलाउने मात्र काम हुँदै गयो । अहिले पनि त्यसैको अध्यावधी गर्दै आइरहेका छन् । जसको फलस्व आज विभिन्न व्यक्तिहरु बाटो तताउन थालिसकेका छन्, कसैले तताईसके । कोहीले तयारी गर्दै छन् । आखिर यो सबै कसका के कारणले भयो ? यदि इमान्दारीका साथ भन्न सक्ने हो भने महाधिवेशनले गरेको निर्णयलाई मानेर जाने कुराको विरोध गर्ने, पार्र्टीले अंगीकार गरेको नीतिलाई बारे दक्षिणपंथीको विल्ला लगाइदिने अनि आफ्नो क्रान्तिकारी लाईनको निर्माण गर्न नसक्ने प्रवृतिका कारणले नै यो अवस्था सृजना भएको हो । पार्र्टी भनेकै अनेएकता बीचको एकताको संकल्प संस्था भएको कारणले विमती हुनु, भिन्न मत हुनु, चित्त नबुझ्नु आदि कुरा

स्वभाविकै मान्नु पर्दछ तर यसका वावजुद पनि हामी निश्चित लक्ष्य प्राप्तीको लागि आस्थाप्रति इमान्दारीका साथ लाग्न सक्नुपर्दछ । आफूले गरेको प्रतिज्ञा, लिएको संकल्प र सिकेको कम्युनिज्म भित्रको ज्ञानलाई मजाक सम्झिने कि कार्यान्वयन गर्न ध्यान दिने ? प्रश्न यो पनि उत्तीकै खड्केको छ । यदि हामी आफैले निर्माण गरेको घरलाई केही वर्ष पछि पुरानो भयो, यसको डिजाइन राम्रो भएन, आफुलाई मनपर्न छाड्यो भनेर आफुसँग अर्को घरको निर्माण नहुँदै त्यो घर फोडनु भनेको मुर्खतापूर्ण, धैर्य गुमाएको, व्यवहारिक सन्तुलन गुमाएको अशोभनिय र निष्कृष्ट कार्य त हो नै यसका साथसाथै परिवारप्रतिको ठूलो गद्धारी पनि हो । आफूलाई चित्त नबुझ्दैमा घर फोड्न पाइदैन । अरु त ओत लाग्लान् । मुख्य कडी यही नै हो । आफूलाई चित बुझेन दक्षिणपंथी भनिदिने, कुराले क्रान्तिकारी हुन सजिलो छैन । गरि पु¥याउनका लागि खट्नु पर्दछ । त्याग, मिहिनेत र बलिदानीपूर्ण योगदान विना केही हासिल हुन सक्दैन ।

यति ठूलो लक्ष्य बोकेर हिँडेका मानिसको चिन्तन प्रणाली नितान्तै साँधुरो, एक दुई दिन गुजारा चलाउन नि नसक्ने प्रकारको भयो भने हालत के हुन्छ ? अहिलेको जस्तै हुन्छ । सबैले देखिरहेका छन् । कहाँ कोसँग नजिकिन पाए आफ्नो दुनो सोझिन्छ । कहाँ, कहिले कसरी कसको पछि लाग्ने भन्ने प्रकारका चिन्तनले सर्वहारावादी विश्व दृष्टीकोणलाई संकृण बनाइदिन्छ । यो संकृण सोंचले आफूले तय गरेको यात्रा पार गर्न सक्ने हिम्मतलाई क्षयीकरण गराइदिन्छ । तसर्थ प्रमुख कुरा इमान्दारीता को हो । इमान्दारी सँगसँगै आस्थाप्रतिको निष्ठाको पनि हो । इमान्दारी हुने भनेको पहिला आफैसँग हो । अनि लोक र पार्र्टीसँग हो । आफुले बोकेको आस्थाप्रति आफुलाई विश्वास छैन भने त्यो धेरै दिन रहन सक्दैन । ‘थुन्सेले थुनेर राखेको विरालो’ को हैसियत म्याउ नगर्दासम्म मात्रै हो । म्याउ गरिहाल्यो भने रुप देखाइ हाल्छ । यस्तो म्याउ गर्ने प्रवृत्तिले धेरै लामो समयसम्म भ्रम सृजना गर्न सम्भव हुँदैन ।

विरोध सृजनाको लागि हुनुपर्दछ, निर्माणको लागि हुनुपर्दछ तर विरोध ध्वंस पार्नको लागि भयो भने त्यो गद्दारी हुन्छ । आफ्नै आस्थाको फूलवारीलाई तहस नहस पार्ने कुनियलले अरुको वैशाखी या यात्रा गर्ने अनैतिक कुचेष्टा गर्नु पार्र्टीप्रतिको गद्दारी र आस्थाप्रतिको फगत मजाक हो । असल कम्युनिष्टहरूले पार्र्टीप्रति कहिल्यै गद्धारी गर्दैनन् र आस्थालाई सौदावाजी गरेर शोषित पीडित मेहनतकस जनताको आन्दोलनलाई बिच मै तुहाउन सक्दैनन् । त्यसैले ढुक्क बनौं, ढिलो चाँडो हाम्रो लक्ष्य प्राप्त हुनेछ । इमान्दारी बनौं, आस्थाप्रति मजाक नगरौं, पार्र्टीलाई घात नगरौं । विचारलाई बचाउँदै सृजनात्मक चेत र साेंचको विकास गरौं । व्यक्तिगत रिस, राग, कुण्ठा नपालौं । आ–आफ्नो जिम्मेदारी र हैसियतालाई सबैले ख्याल गरौं । अहिलेको बजारीया हल्लाको लागि आफ्नो पहिचान आफै मेटने कामले ‘दाईको लाहुर, भैरहवासम्म’ मात्रै हुन्छ ।
२४ डिसेम्बर २०२१ हैदरावाद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार