पश्चिम भारतमा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक सभा सम्पन्न (फोटो फिचर सहित)

सुरत, २६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले ८औं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न पारेको छ । सो सभामा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो ।

केसीले प्रमुख आतिथिको आसनबाट मन्तव्य दिंदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि विभिन्न समयमा विभिन्न प्रकारका अवसरवादीहरुद्धारा हमला गर्ने कोशिस गर्दै आएता पनि संगठनका सचेत र प्रतिवद्ध कार्यकर्ताहरुले परास्त गर्दै आएको बताउनु भयो । यस पटक पनि संगठनमा फूटपार्न कतिपय अराजक फूटपरस्त तत्वहरुले कोशिस गरेता पनि उनीहरुको चाहनालाई मूल प्रवाहका कार्यकर्ताहरुले तिरस्कार गरेको केसीले जोड दिनु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको पक्षमा काम गर्दै आएको बताउनु भयो । त्यसलाई कतिपय महत्वकांक्षी व्यक्तिहरुले आफू अनुकुल सञ्चालन गर्न खोजेता पनि त्यस प्रकारका सबैखाले अवसरवादलाई संगठनले परास्त गर्दै अगाडि बढेकोमा केसीको भनाई थियो ।

यसपटक आफूहरुले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरौं” भन्ने मूल नारा अन्तर्गत मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सम्पन्न पार्न गइरहेको केसीले बताउनु भयो । केसी सम्मेलनलाई सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायले सहयोग र समर्थन गर्न समेत अपिल गर्नुभएको थियो । अध्यक्ष केसीले आठौं अखिल भारत सम्मेलन सम्पन्न पार्नका लागि क्षेत्रीय समिति अध्यक्ष बेदबहादुर कार्किको संयोजकमा २११ सदस्यीय सम्मेलन प्रचार प्रसार समिति गठन गरेको छ ।

त्यस्तै केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले भारत प्रवासमा रहने नेपालीहरुको सामाजिक भावना माथि कसैले पनि खेलवाड गर्ने अधिकार नभएकोमा जोड दिनु भयो । ७ नोभेम्बर १९७९ मा एकता समाजको स्थापना भएको थियो । एकता समाजको स्थापनाको मूल उदेश्य केवल सामाजिक भावनाको विकासमा जोड दिनु मात्रै थिएन, भारत प्रवासमा रोजगारीको खोजीमा आएका श्रमजिवी नेपालीहरुलाई राजनीतिक रुपमा पनि प्रशिक्षित गराउनु थियो । तर कतिपय व्यक्तिहरुले आफ्नो महत्वाकांक्षा अनुरुप संगठनलाई उपयोग गर्ने कोशिस गर्नु त्यो सिंगो एकता समाजको मर्म माथि नै हमला भएको पुनले बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सचिव बेद बहादुर कार्की, केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय साँकृतिक विभागका वोम सिंजापति, राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष भिमसिंह विष्ट, दमन नगर समितिका अध्यक्ष शेर बहादुर विक, मूल प्रवाहका पुराना नेता मित्र थापाले पनि पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संबिधान माथि अझ पनि खÞतरा कामयम रहेको पुनले बताउनु भयो । “देशका सत्तामा र सत्ता बाहिर रहेका राजनीतिक पार्टीहरुले बिदेशी शक्तिहरुको भरिया बनेका छन् ।” पुनले भन्नु भयो– “एमसीसी जस्तो राष्टघाती बोझा बोकेर राजनीतिक पार्टीहरु हिंडेका छन् ।” यो सिंगो नेपाल र नेपालीहरुको लागि नै घातक छ पुनले भन्नु भयो ।

नीहित राजनीतिक स्वार्थका लागि काँग्रेस र एमालेको मिलिभगतमा नेपाललाई बिदेशी सेनाको रण मैदान बनाउने खेल चलेको छ, यो नेपाली जनताले कदापी पुरा हुन दिनेछैनन् ।

कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, टंक कुँवर, केन्द्रीय सल्लाहकार श्रीधर शर्मा, वापी पश्चिम नगर समितिका अध्यक्ष निखिल रावल, वापी पूर्व नगर समितिका अध्यक्ष भूवनसिंह धामी, सचिन नगर समितिका अध्यक्ष सविना कुँवर, सुरत नगर समितिका अध्यक्ष पूर्ण बहादुर विक, अहमदावाद नगर समितिका चाम बहादुर घर्ति मगर, सायन नगर समितिका रमेश कुमार, आनन्द नगर समितिका राजु सोनी, सिलवास नगर समितिका सीता थापा लगायतको आतित्थ्यत एवं सहभागिता रहेको थियो ।

कार्यक्रमको बीच बीचमा रक्तिम साँस्कृतिक विभागका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै स्टेज गित संगित प्रस्तुत गरिएको थियो ।

क्षेत्रीय सचिव ध्रुवराज न्यौंपानेको सञ्चालन, क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको अध्यक्षताबाट अगाडि बढेको सो सभामा उपस्थित जनसमुदायलाई क्षेत्रीय सदस्य भिम साउँद र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय सदस्य रमकला काउछाले पश्चिम भारत क्षेत्रीय महिला विभागकोको घोषणा गर्नुभए थियो । जसमा : अध्यक्ष– शोभा धामी, सचिव– बिना काउछा, कोषाध्यक्ष– सीता थापा सदस्यहरु बिष्णुमाया शर्मा, लक्ष्मी कुँवर, दिव्या जोशी, पवन खड्का, सुशीला भण्डारी, विमला शर्मा, तुमकुमारी थापा, दुर्गा राना, लक्ष्मी पाण्डे, देवु साउँद, गीता बस्याल, शान्ति वि.क., रिता थापा, मंदिरा तामाङ, गीता राई, चम्पा वर्मा, दीपा ढकाल, सविना कुँवर, भारुबेन थापा र सुस्मिता गिरी रहनु भएको छ ।

त्यस्तै साँस्कृतिक विभागका केन्द्रीय सदस्य बोम सिंजापतिले पश्चिम भारत साँस्कृतिक विभागको घोषणा गर्नुभएको थियो । जसमाः संयोजक– हरि काउछा, सदस्यहरुमा क्रमशः सविना कुँवर, विना काउछा, सिर्जना काउछा, दिपेश लिम्बु, शेरबहादुर विक, पूर्ण विक, गन बहादुर राना, लव ठाकुर, मिलन काउछा र दुई रिक्त रहेको छ ।

केन्द्रीय सचिव बेदबहादुर कार्कीले व्यवसायी विभागको घोषणा गर्नुभएको थियो । जसमा संयोजक– हरिकुमार गिरी, सदस्यहरुमा क्रमशः रामचन्द्र खत्री, भूवनसिंह धामी, विनबहादुर रेग्मी, नविन शर्मा, तुला धामी, पनव गुरुङ, गणेश कटुवाल, रमेश खत्री, मोहन वस्नेत, देवराज जोशी, शेर बहादुर विक र एक रिक्त रहेको छ ।

कार्यक्रमको अन्तीममा सचिन नगर समितिले कलाकारहरुलाई सम्मान एवं खाजा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार