थाहा भयो भगौटेहरु अर्कै पार्टीमा विलाएर जान रैछ
क्रान्तिका सफा सबै सबै बाटाहरु हिलाएर जान रैछ !
पार्टी भित्र घात प्रतिघात गर्दै हिडेका थिए फुटपरस्तहरु
आखिर नाटक अर्कै पार्टीमा विश्वास दिलायर जान रैछ !
यता पार्टी भत्काउने योजनाका बखेडा झिक्दै थिए
उता अर्कै पार्टीमा गलत साईनो मिलाएर जान रैछ !
आफ्नै पार्टी च्यात्दै उधार्दै धागो तान्दै हिडेका थिए
षडयन्त्रकारीहरु अर्कै पार्टी तिर सिलाएर जान रैछ !
बल्ल चिनियो संगठन विरोधीहरु अमृत लुकाउदै थिए
आफ्नै पार्टी क्रान्तिलाई घातक बिष पिलाएर जान रैछ !