मसाललाई कसरी बद्नाम गर्ने भन्नेमा मात्रै उनीहरूको ध्यान केन्द्रित छ

जनताले बुझ्नै नसकेको मध्य एउटा यो कुरा पनि प्रमुख छ, हिंजो त्यो नेता पञ्चे हुनेबेला राजाको वकालत ग¥यो जनताले तालि ठोक्यो । ऐतिहासिक जनआन्दोलन पछि त्यो कांग्रेसी भयो र उसैले राजतन्त्रको बिरोध ग¥यो जनताले खुब तालि पिट्यो । अर्को पल्ट त्यहि नेता कम्युनिष्ट पार्टी भित्र घुसेर कांग्रेसको बिरोध ग¥यो त्यो बेला पनि जनताले तालि पिट्यो । टनकपुर सम्झौता कांग्रेसले गर्ने बेला एमालेले ठुलो जोड लगाएर बिरोध ग¥यो यो भन्दै त्यो राष्ट्रघाति सन्धि हो । पछि आफुहरूले त्यहि सन्धिलाई गर्दा उनीहरू राष्ट्रवादी भए । अब भनौ जनता र देशको हितको आफ्नो बिचार खै त ? बिचार सुन्य भएका जनताले चुनेका नेता संसदमा पुग्छन् अनि कस्तो सरकार बन्छ ? हामीले जस्तो छरेकाछौं त्यहि त फल्छ ।

अस्तिको कुरा त हो, राजमोमा छँदा नौलो जनवादी क्रान्तिका कुरा गर्नेले राजमो छाडेर एमाओवादी भित्र पस्दा बित्तिकै समाजवादी क्रान्तिका कुरा गर्छन् । एमसीसीको बिरोधमा सडक तताएका ति मनुवाहरू अहिले एमसीसीलाई लागु गर्ने सुरमा छन् । केहि बर्ष पहिले राजमोमा लागेका कार्यकर्ताले काठमाण्डौमा बाह्र दिनसम्म संघीयताको जोड्दार बिरोध गरे, राजमो छाडेपछि उनै ब्यक्तिहरू संघीयताको पक्षमा छन् । उनीहरूले संघीय गणतान्त्रिक नेपालमा अब समाजबादी क्रान्ति गर्नुपर्छ पो भन्छन् । अब हामी जस्ता जनताले त्यो लिडरलाई के गर्ने, उसले जे भन्छ त्यसैको तालि पिट्ने कि उनीहरूको भ्रमबाट मुक्त हुने ? त्यस बारेमा अनभिग्य हुन्छन् ।

हाम्रो देशमा जनता लड्न सक्छ, मर्न सक्छ तर राजनीतिको त्यो झुठलाई चिरेर ति दलाल र दुई जीब्रेहरूलाई पाखा लगाउन सक्दैन । यहि देशको ठुलो बिड्मबना हो । कार्यकर्ताहरूले नै अध्ययन गर्न छाडे जनताको त के कुरा गरौं । कौवाले कान लग्यो भनेपछि कौवा तिर भाग्ने,कित बिरोधको लागि बिरोध गर्ने कि समर्थनको आ“खा चिमगरेर वकालत गर्ने मात्र कामहुन्छ । यस्ता कार्यकर्ताहरूले गर्दा देशको यो अबस्था सिर्जित भयो । अहिलेका नेताहरू आफुलाई कम्युनिष्ट भन्ने नैतिक आधार के हुनुपर्छ ? त्यस बारेमा स्वयं नेताहरूलाई थाहा छैन । कार्यकर्तालाई थाहा छैन जनताले कसरी छान्ने कम्युनिष्टलाई ? कम्युनिष्टको आधारभूत सिधान्तबाट पतित भएकाहरूले मालेमा बिचारधारालाई जड्सुत्रबादी भन्छन् र सिंगो कम्युनिष्टको सिद्धान्तलाई परिमारजीत र संसोधित गर्छन् । कम्युनिष्टको सिद्धान्तलाई जनताले कसरी बुझ्ने जब की नेताहरू नै त्यसबारेमा ढुलमुल छन् ।

हाम्रो देशमा कम्युनिष्टको त बिउ पनि जोगाउँन गाह्रो छ सा“च्चै भन्ने हो भने भौतिकवादी बन्न सकिराखेको अबस्था छैन । कसैले भैंसी पुज्ने कसैले गाई पुज्ने कसैले धन पुज्ने यस्तो ताल छ, कम्युनिष्टहरूको । जीतनका लागि बोका कवुल्ने बिमारी सञ्चो गराउँन भाले कवुल्ने यो देशका कम्युनिष्टहरू कहिले गाई नखाने कम्युनिष्ट हुन्न भन्छन् कहिले तिनै नेताले गाई पुज्छन् । उनैहरूमा सधै नेता बन्ने होड्छ सरकारमा जाने षड्यन्त्र छ, तर आफु पुरानो बिचारबाट मुक्त हुने कुनै अन्देशा छैन ।

सरकारमा गएपछि बिदेशको दलालि गर्ने असमान सम्झौता गर्ने, कमिसनमा ठेक्का बट्टा गर्ने, मेनपावरसँग सांठगांठ गरेर युवाहरूको श्रमसोशण गर्ने, भूमाफियाहरूसँग मिलेर पलाटिको खेल खेल्ने, बिदेशीहरूलाई बिभिन्न बहानामा देशभित्राउने कार्यबाहेक राष्ट्रियता गणतन्त्र र जनजीवीकाको हितमा कुनै पनि पाईला चाल्न सक्दैनन् ।

प्रवाशमा नेपालीहरूको दयानिय अबस्थाछ, रोजगारका लागि भारत पसेका नेपालीहरू प्रईबेट कम्पनि वा कुनै धनी मान्छेको भान्से, कुल्लि र चौकिदारी गरेर पनि समयमा तलब पाएका हुँदैनन् उनीहरू मालिकहरूको दवाबमा आफ्नो घरसम्म जान पाउँदैनन् । यस्तो कहालि लाग्दो नेपालीहरूको अबस्था छ ।

सरकारले श्रम सम्झौता वा सन्धि गरिसकेपछि उस्को जिम्मेवारी पुरा हुन्छ र ? अब उसले कुनै पनि प्रवाशी नेपालीको बारेमा अर्को देशको सरकारसँग चु“गरेर बोल्न सक्दैन । अगाडि पछाडि ठुलाठुला धाग लगाउँने पाखण्डिहरू जब जनतालाई उनको आबस्याकता पर्छ भिजेको बिरालो जस्तै कतै गुम्सेर बसेका हुन्छन् । अब नजिक चुनावलाई देखेका छन् । कसैलाई मन्त्री बन्ने रहरछ उसले नेताका भजन गाउँदै हिंडेकाछन् । जस्तो सिताखाई उसैको भजन गाई गर्ने आसे पासे र गासेहरूले गर्दा यो देशलाई नांगेझार पारेका छन् ।

धेरै जसो साथिहरूले देशभित्रको समस्या लेखि रहनु हुन्छ तर समस्या लेख्नेहरू आफै पनि संघर्षबाट पलायन गर्नु हुन्छ भाग्नु हुन्छ । के भागेर समस्या समाधान होला त ? गम्भिर बिषय यहि हो भाग्नुको सट्टा संघर्षमा जोड दिनुपर्छ । देशभित्रको समस्यालाई जसले पनि देखाउँछ प्रमुख बिषय त त्यसको समाधान गर्नु हो । पार्टीका कार्यकर्ता नेताहरू आ–आफ्नो क्यारियर बनाउँन कहिले वल्लो तिर कहिले पल्लो तिर हामफाल्नु हुन्छ यो तालमा देशभित्रको समस्या समाधान होला त ? पक्कै पनि हुँदैन । देश आधा सामन्ति र आधा उपनेबेशिक अबस्थामा आज पनि छ तर देशभित्र यि ठुला भनौंदा कम्युनिष्टहरूले समाजवादी क्रान्तिका कुरा गर्छन् । त्यो भन्दा पनि दुःख लाग्दो कुरा त सहि राजनीति दिशा छोपेको राजमोबाट पार्टीले क्रान्ति गर्न सकेन संशदबादी दक्षिणपन्थि भयो भन्दै क्रान्ति गर्छौं भन्नेहरू त्यहि झुण्डमा गएर बिलाए । अरू कतिपय साथिहरूले मसाल सकियो । ओरालो लाग्यो भन्दै आफु उक्कालो लाग्न खोज्नु हुन्छ । यस्तो ऐतिहासिक बिडम्बना अहिले हाम्रो बिचमा छ ।

पार्टको घोषणा–पत्रमा चुनावलाई कार्यनैतिक प्रष्ट रूपमा भनेको छ, पार्टीले आबस्याकता अनुसार चुनाव उपयोग र बहिस्कार दुबै गर्न सक्छ । त्यो अबस्था हेरेर गर्ला । अहिले हतियार उठाउँने अबस्था पनि छैन, अनि चुनावमा भागपनि नलिने अनि पार्टीले के काम गर्ने ? सबैलाई भाईर पार्टीलाई गाली गर्न लगाउँने ? साथिहरूले बिरोधको लागि बिरोध गर्ने गुट बनाउँने काम राम्रो हो त ? प्रचण्डले भने मोहन जीलाई हामीले एकैठाउँ मिलेर जाउँ मोहन जीले सकारात्मक भन्दै छलफल गरौंला भन्नु भएको छ भनेर गरेको भाषणको कोपि कतिपयले त ‘मोहन बिक्रमले पार्टीलाई अब एमाओवादीमा बिलए गराउँछ’ भन्दै कमेट गर्छन् । साथिहरू कसले के भन्छ ? त्यो पार्टीले के गर्दैछ त्यो कुरालाई बुझ्नुपर्छ । अहिले सरकारलाई पार्टीले बाहिरबाट समर्थन गरेको अबस्थामा सरकारले गरेको जुनसुकै गलति पनि मसालमाथि खनाईन्छ । त्यो किन भने मसाललाई कसरी बद्नाम गर्ने भन्नेमा मात्रै उनीहरूको ध्यान केन्द्रित छ । कस्तो अबस्थामा राजमोले पाँच दलिय गठबन्धन बनायो भनेर सोंच्न सक्ने क्षामता उनीहरूमा छैन । यस्तो चालले कसरी देशको बिकास हुन्छ र देशले सच्चा क्रान्तिकारी देशभक्तलाई जन्माउन सक्छ, जगेर्ना गर्न सक्छ ? यो चालाले कुनै पनि सच्चा क्रान्तिकारीहरू बलियो भएर अगाडि आउँन सक्दैन । यहि आजको हाम्रो देशको गम्भिर समस्या भएको छ ।

०६–१–२०२२,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार