प्रत्येक वर्षको नोवेम्वर र डिसेम्बर महिनालाई हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘नेपाली समाचार’ साप्ताहिक पत्रिकाको ग्राहाक अभियानको महिनाको रुपमा संचालन गर्दै आइरहेको छ । यो एउटा धेरै राम्रो र महत्वपूर्ण पक्ष हो । यसरी ग्राहाक अभियान सञ्चालन गर्नाले एकातिर प्रकाशन बिभागलाई आफ्ना ग्राहाकहरुलाई प्रतिमहिना कति थान पत्रिका चाहिन्छ भन्ने कुराको किटानि गर्न सजिलो हुने र यसको आर्को महत्वपूर्ण पक्ष यो पनि हो ग्राकरहरुलाई आफ्नो प्रति सुरक्षित गराउँदै पोष्टको माध्यमबाट उनीहरुको ठेगानामा सजिलैसँग पत्रिका उपलब्ध गराउन सजिलो उपाय हुने भएकोले नै यो ग्राहाक अभियान सञ्चालनमा ल्याइएको हो।
गत बर्ष कोरना भाइरसको महामारी र लकडाउनका कारणले गर्दा पत्रिका प्रकाशनमा केही अवरोध उत्पन्न भएको थियो । त्यसपछि लगातार निर्धारित समयमा हामीलाई पत्रिका उपलब्ध भैरहेको छ । त्यसैले यो बर्ष जनवरी र फेब्रुवरी महिनामा ग्राहाक अभियान सञ्चालन हुने भएको छ । मार्च महिनाबाट ग्राहाकहरुलाई पहिलो अंक उपलब्ध हुने छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतमा मजदुरी गर्ने श्रमजिवी वर्गहरुको एक सामाजिक संगठन हो । यो समाजको गठन ७ नोवेम्बर १९७९ मा भारतको बनारसमा गरिएको थियो ।
संगठनको स्थापना पछि भारतमा कश्मिरदेखि कन्याकुमारीसम्म बिभिन्न मजदुरी गर्न छरिएर रहेका नेपालीहरुलाई सचेत र संगठित गर्न मूल प्रवाहको महत्वपूर्ण भुमिका रहेको छ । यसको मुख्य कारण संगठले लिएको सहि नीति, सिद्धान्तका साथसाथै संगठनका हजारौं कार्यकर्ताहरुको मेहनत र संगठनप्रतिको लगाव नै मुख्य कारण हो । संगठन निर्माण र बिकासको क्रममा जसरी हाम्रा हजारौं नेता तथा कार्यकर्ताहरुको योगदान रहेको छ उत्तिकै हाम्रा पत्र पत्रिकाहरुको पनि महत्वपूर्ण योगदान रहेने गरेको छ । जसमध्ये ‘नेपाली समाचार साप्ताहिक’ मुख्य हो । हामीले मूल प्रवाहको योगदानको बारेमा चर्चा गरिरहँदा हाम्रो पत्रिका ‘नेपाली समाचार’ साप्ताहिक पत्रिकालाई मूल प्रवाहसँग अलग गरेर हेर्न सकिदैन ।
जसरी हाम्रो संगठन मूल प्रवाह भारत प्रवासमा रहेर मजुदुरी गर्ने शोशित पिडित नेपालीहरुको बुच एक विश्वविद्यालयको रुपमा स्थापित भएको छ भने, त्यसरी नै हाम्रो पत्रिका आज भारत प्रवास लगायत निश्वभरी छरिएर रहेका सोशित पिढित नेपालीहरुको साझा आवाज बनेर कुर्लिरहेको छ । जस्तो कि हाम्रो संगठन हाम्रो विश्व विद्यालय हो भने हाम्रा पत्रपत्रिकाहरु शिक्षा आर्जन गर्ने साधानहरु हुन् ।
शुरुका दिनहरुमा पत्रिका निकाल्न त्यति सजिलो सुलव कार्य थिएन । आर्थिक, भौतिक, नैनिक आदि लगायतका कैंयौं कठिनाइहरु रहेका थिए तरपनि हाम्रो संगठनले तमाम कठिनाइ र चुनौतिहरुका बावजुद भारत प्रवासमा रहेका नेपालीहरुलाई चेतनाको बिकास गराउन र उनीहरुलाई सचेत र संगठित पार्न पत्रिकाको अध्ययनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुँदा यो पत्रिका प्रकाशन गर्न थालिएको हो । आजभन्दा करिब ४२ बर्ष अगाडि अर्थात १९८० देखि यो पत्रिका अहिलेसम्म निरन्तर रुपमा प्रकाशित हुँदै आइरहेको छ । शुरुमा नेपाली एकता प्रकाशित हुन्थ्यो फेरि बिश्व नेपाली, मूल प्रवाह हुँदै हाल ‘नेपाली समाचार’ साप्ताहिकको रुपमा निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।
यसबिचमा कैयौं कठिनाइ र चुनौतिहरु नआएका होइनन् तर पनि तमाम कठिनाइहरु र चुनौतिहरुलाई पार गर्दै हाम्रो पत्रिका आजसम्म निरन्तर रुपमा प्रकाशित भैरहेको छ । हामीले निरन्तर रुपमा अध्ययन गर्न पाइरहेका छौं, यो धेरै खुशि र गौरबको कुरा हो । यसको मूल श्रेय हाम्रो सिंगो संगठन मूल प्रवाह केन्द्रीय समिति र त्यसका सदस्यहरु, प्रकाशन बिभागमा निरन्तर खटिरहनुभएका प्रकाशन विभागका साथिहरु, हाम्रो पत्रिकाको ग्राहाक बनेर पत्रिकालाई निरन्तर सहयोग पु¥याउनु भएका हाम्रा सम्पूर्ण ग्राहकहरू आदिलाई नै जानेछ । यहाँहरु सबैको महत्वपूर्ण सहयोग र समर्थन बिना यो काम संभव हुने थिएन । जसरी बिगतका दिनहरुमा हाम्रो पत्रिकालाई यहाँसम्म ल्याउन यहाँहरु सबैको महत्वपूर्ण योगदान रहन गएको छ, त्यस्तै आगामि दिनहरुमा यो पत्रिकालाई निरन्तर कायम राख्नको लागि हाम्रो अगाडि उत्तिकै चुनौतिहरु र हाम्रा केहि महत्वपुर्ण जिम्मेवारी पनि रहेका छन् ।
हाम्रो संगठन मूल प्रवाहको नीति अनुसार हाम्रा प्रत्यक सदस्यहरु प्रतिव्यक्ति एक थान ग्राहक बन्ने भनिए पनि कैंयौं ठाउँमा हामीले त्यो ब्यवहारमा लागु गर्न सकिरहेको छैनौं । कैयौं साथिहरुले यो विषयलाई उपक्षा गरेको पाइन्छ, जस्तै ‘मैले आँखा देख्न छोडें’ ‘सबैकुराहरु सामाजिक सञ्जालको माध्यमबाट थाहा पाइन्छ ग्राहक किन बन्न पर्यो र ?’ त्यस्तै कैयौं साथिहरु ‘हामीहरु दुई जना वा तिन जना एकै ठाउँमा संगै छौं एउटै कोठामा बस्छौं एक थान बने भैगोनि किन दुइ थान बन्न पर्यो र ?’ आदि लगायतका कैंयौं कुराहरु गरेर पत्रिकाको ग्राहाक बन्ने बिषयलाई उपक्षा गर्दै पन्छिने गरेको पनि पाइन्छ । जस्तो कि हाम्रो संगठन एक विश्वविद्यालय हो भने हाम्रा पत्र पत्रिकाहरु त्यहाँ पढाइने पाठ्य पुस्तकहरु हुन् भन्ने कुरा हामीले बुझ्नु जरुरी छ । जसरी अध्ययनको लागि प्रत्यक विद्यार्थीसँग आ–आफ्नै पुस्तकहरु हुने गर्दछन् र उनीहरुले अध्ययन गरेर ति पुस्तकहरु सुरक्षित राख्ने गर्दछन् त्यसरी नै हामी मूल प्रवाहका प्रत्येक सदस्यहरुसँग आ–आफ्ना पत्रिका साथमा हुनुपर्छ ।
त्यसको लागि हामी प्रत्येक सदस्यहरु ग्राहक बनेर पत्रिका अध्ययन गर्नुपर्छ र हरबखत पत्रिका आफ्नो साथमा राख्नुपर्छ । हाम्रो पत्रिका ‘नेपाली समाचार’ साप्ताहिक ८ पेज लामो रहेको छ । यो पत्रिकामा हाम्रो संगठन मूल प्रवाहका गतिबिधिहरु, राजनीति, ज्ञान, दर्शन, बिचार, सिद्धान्त लगायत बेलाबखत संगठन भित्र देखापर्ने बिभिन्न भड्कावहरुका बिरुद्ध चिरफार र खण्डन गरिएका कुराहरु हामीले अध्ययन गर्ने अवसर पाइरहेका छौं । जसले हामीलाई थप वौधिक बिकास बढ्नुका साथै ठुलो उर्जा मिल्ने गर्छ । हाल यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन, बार्षिक ग्राहकको लागि मात्र रु. ३५०/– रहेको छ, हिसाब गर्दा दैनिक एक रुपैयाँ पनि पर्न जाँदैन । यति सक्यो र सुलव तरिकाले सजिलैसँग पत्रिका तपाइ हाम्रो ठेगानामा उपलब्ध भैरहेको छ ।
त्यसैले हामी मूल प्रवाहका प्रत्येक सदस्यहरुले प्रति ब्यक्ति एक थान पत्रिकाको ग्राहाक बन्ने नीतिलाई कडाइपुर्वक लागु गर्नुका साथै अरुलाई पनि ग्राहाक बन्न बढि भन्दा बढि प्रेरित गर्ने हामीले त्यसो गर्न सकेउँ भने हाम्रो पत्रिकाको ग्राहाक दरमा बृद्धि गर्न सकिने छ । यसले हाम्रो पत्रिका प्रकाशनमा ठुलो सहयोग पुग्ने छ । यो हामी मूल प्रवाहका प्रत्यक सदस्यहरुको कर्तव्य र जिम्मेवारी हो ।