गजल

  • सुरेशकुमार पाण्डे
  • आफै उ मरेर गएछन् केपिर थियो होला,

    भन्नेहरु भन्छन यस्तै तक्दिर थियो होला।
    मर्न कति सजिलो हुने रैछ बांचन धेरै धौं,
    जीन्दगि सक्यो काल हाजिर थियो होला।
    भन्छन कोई उनलाई धम्कि पनि दिन्थ्यो,
    त्यहि कुराको मनमा लकिर थियो होला।
    कत्तिपनि शंम्झिएन ति परिवार जन लाई,
    उनका लागि त आफै माहिर थियो होला।
    रहश्य समेत आफुले संग सँगै लिएर गयो,
    कतै अपठ्यारो झुकाउंन सिर थियो होला।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार