“मधेस प्रदेश” भित्रको षड्यन्त्र !

– नेपालमा संघीयता नेपाली जनताको विकास गर्नको लागि भित्राइएको होइन ।

– यो खासगरी भारतको योजना र संगसंगै अमेरिका र युरोपियन युनियनहरुको भिन्दाभिन्दै “इन्ट्रेस्ट” (स्वार्थ)मा नेपालको अन्तरिम संविधान २०६३ मा खुसुक्क छिराइएको हो ।
– युपि र बिहारमा पानीको हाहाकारले बर्सेनि सयौं किसान सार्वजनिकरुपमा आत्महत्या गर्दछन, यो भारत सरकारको टाउको दुखाइको विषय हो, एउटा अध्ययनले भारतको राजधानी दिल्लीमा सन् २०३० भित्रै पानीको ठूलो खडेरी हुने चेतावनी समेत दिएको छ ।
– भारतको यो गम्भीर समस्याको समाधान नेपालको पानी हो ।
– त्यसको लागि भारतले नेपालका प्रमुख नदिहरु एमाले र काङ्रेस सरकारको पालामा विभिन्न सन्धी र सम्झौता गरेर हडपी सकेको छ ।
– निश्चित समयको लागि ती नदि बेचिएकोले कालान्तरमा ती सन्धी निष्क्रिय हुनेछन् त्यसकारण भारतले स्थाई रुपमै नेपालका नदिनाला हत्याउन चाहान्छ ।
– त्यसकै षड्यन्त्रको लागि नेपालमा संघीयता छिराइएको हो ।
– संघीयता लागू गर्ने र प्रदेशहरुमा बिभाजन गर्ने, प्रदेशहरुलाई लडाउने ।
– सकभर तराई भुभागलाई एउटा प्रदेश बनाउने ।
– अहिले पनि २ न. प्रदेशलाई पहाडवाट अलग गरियो र छुट्टै प्रदेश बनाइयो ।
– आत्म निर्णयको अधिकार प्रदेशलाई दिने, मधेसले सो अधिकार प्रयोग गरि नेपालवाट अलग भएको घोषणा गर्ने र भारतमा गाभ्ने ।
– यसको लागि मधेसवादी संगठन खोल्ने, तिनिहरुको नेता र संचालन खर्च भारतले व्यहोर्ने ।
– खुकुलो नागरिकता नीति पारित गर्ने, जसवाट भारतीय नागरिकलाई सजिलै नागरिकता दिन सकियोस् । (नागरिकता विधेयक बेलाबेला संसदमा आइरहन्छ ।)
– त्यस्ता भारतीय नागरिकलाई मधेसमा बसाइसार्ने र त्यहाँ उनिहरुको जनसंख्या वृद्धि गर्ने ।
– जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने र तराइमा मात्रै पहाडको भन्दा धेरै सांसद संख्या कायम गर्ने । (पहिले भुगोललाई प्राथमिकता दिएर निर्वाचन क्षेत्र कायम गरिथ्यो अहिले जनसंख्या प्रधान बनाएको छ ।)
– मधेसवाटै धेरै भारतीय मुलका सांसद निर्वाचित गर्ने र नेपालको संसद कब्जा गर्ने ।
– नेपाल मै नेपाली अल्पमत बनाउने र देशलाई सिक्किम वा फिजि जस्तै बनाउने ।
– यिनै ग्राइन्डिजाइनमा नेपालमा संघीयता छिराइएको हो, यो नेपाली जनताको माग होइन र कुनैपनि आन्दोलनको एजेन्डा होइन ।
– “मधेस प्रदेश” नामसङ्ग जोडिएका षड्यन्त्र नेपाल र नेपाली जनताको लागि घातक र मुटु माथिका किला हुन् ।
– त्यसकारण नेपाली जनता बेलैमा सचेत हुनु र संघीयता खारेज गर्नुको अर्को कुनै विकल्प छैन ।

– गम्भीर कुरा यो हो कि यस्तो घातक राष्ट्रघाती संघीयताको विरुद्ध यो देशमा राष्ट्रिय जनमोर्चा मात्रै एउटा त्यस्तो पार्टी हो जस्ले विगत १६ वर्ष देखि एक्लै संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार