तिम्रो छलछाम छोड कामरेड

कामरेड अभिबादन
बार्ता फिर्ता गयौं हामी
भेटघाट बन्द गयौं
र छलफल खारेज गयौं
त्यसैले
यति बेला हाम्रो साथमा
बार्ता भेटघाट र छलफल छैन
कामरेड अभिबादन
थाहा छ तिमी
आफैचढेको डुंगामा प्वाल पारेर
आफैबसेको घरमा आगो सल्काएर
अनी आफै हिडेको बाटोमा खाल्टो खनेर
भागेका थियौं
कामरेड अभिबादन
तै पनी तिमी
फेरी सुद्रिन्छौं कि भनेर
फेरी गल्ती सुधाछौं कि भनेर
र फेरी
पुरानै घरमा फर्किन्छ भनेर
तिमीसँग बार्ता बनाउदै थियौ हामी
भेटघाट भेटाउदै थियौं सबै
र छलफल छान्दैछ थियौं
कामरेड अभिबादन
तर तिमी डुंगामा प्वाल पार्ने आफ्ना लक्षयहरु
घरमा आगो सल्काउने आफ्ना उद्देश्यहरु
र बाटोमा खाल्टो खन्ने आफ्ना दाउहरु छाडेनौं तिमीले
त्यसैले तिमीसँग बार्ता फिर्ता गर्नु परो हामीले
भेटघाट बन्द गयौं
र छलफल खारेज गयौं
यति बेला हाम्रो साथमा
बार्ता भेटघाट र छलफल छैन
किनकि
हामी छलफल तिर भयौं
तिमी छलछामतिर भयौं
कामरेड अभिबादन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार