बाउ मन नपर्ने छोराले बाउको नामको सम्पती पो चोरे छ ।
कुहेका कुभिण्डाहरु बटुलेर मिठास पेठाको खोल ओडेछ ।
कठैबरा आफ्नो पहिचानसम्म राख्ने क्षमता छैन उनको ।
तर पनि प्रदाभित्र बाटै क्रांति गर्ने भ्रमको खेति छ उनको ।।
दलाली चम्चागीरी जीवनभर उनीहरुको प्यारो पेशा थियो ।
सिन्को नढाले पनि कार्यकर्ताहरुले बुई चढाएकै थियो ।
दाम्लो छिनालेर मैदानमा भागेको आवारा साडें बन्यौ अहिले ।
विधी विधान अनुशासनका सबै सिमा नै नाघेका छौ अहिले ।।
कठै उनको दुर्दशा सडेको छ गन्हाइरहेको छ त्यो झनझन् ।
बचेखुचेको आफ्नै अस्तित्व दुर्गन्ध बनाउँदै छ झनझन् ।।
जीवन यती दुर्गन्धीत पार्यौ कठै तिम्रो त्यो दर्शन कता गयो ।
अब त बुख्याँचाहरुका आडम्बरले भरिएको तिम्रो स्वरुप बन्यो ।।