तुफान बनी सगरमाथा चुम्न मन लाग्छ,
चट्टान बनी ठोकिँदै बग्न मन लाग्छ ।
भुईचालो बनी संसार हल्लाउन मन लाग्छ
बतास बनी कसिंगर सबै बढार्न मन लाग्छ
मेरै आफ्नो हिमालमा सुनको जलप लगाउन मन लाग्छ,
भित्र जति पिडा भएपनि बाहिर खुसी देखाउन मन लाग्छ
क्षितिज पारी उडि जान मन लाग्छ
बादलको घुम्टो भित्र लुकिदिन मन लाग्छ
आफ्नै खुट्टाको भरमा जिउन मन लाग्छ
आफ्नै आस्था अनि विश्वासमा हराउन मन लाग्छ
कांडा माथी गुलाफ भई फुल्न मन लाग्छ
हिलोमा पनि कमल झै फुल्न मन लाग्छ
भिर पाखामा गुंरास भई फुल्न मन लाग्छ
समपनामा नै भएपनि आफ्नै जन्मथोमा डुल्न मन लाग्छ ।