कोपिला पौडेलको जीवन रक्षाको लागि अपिल

हैदरावाद । बाग्लुङ जिल्ला बरेङ गाउँपालिका ३ बाटाकाचौर निबासी धनिश्वर पौडेल (दिनेश) र शान्ता खत्री ( जमुना) कि छोरी हाल हैदराबादमा चार्टर अकाउन्टेनको दोस्रो बर्षमा अध्ययनरत अति जेहेन्दार छात्रा बर्ष २० कि कोपिला पौडेल बिगत केही दिनदेखि मानसिक स्न्यायु सम्बन्धि रोगले ग्रसित भै अहिले हैदराबादको निजाम मेडिकल कलेजमा उपचारका लागि सघन चिकित्सा कक्षमा मृत्युसँग संघर्ष गरिरहेको अत्यन्तै पिडादायी अबस्थामा छिन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीयस समितिका सदस्य सुर्य बहादुर थापा हस्पिटल पुगि बिरामीको उपचारका लागि प्रक्रिया र स्थितिको बारेमा पनि जानकारी लिई समितिमा जानकारी गराउनु भएको छ । थापाका अनुसार उनको उपचारको लागि अत्यन्तै मह्ङो इन्जेक्सन लगाउनु पर्ने, जसको मूल्य रु. १ लाख रहेको तर बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको र कुनै नोकरी पेशा नरहेको अबस्थामा यो उपचारका लागि आर्थिक समस्या देखिएको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले कोपिला पौडेलको उपचारका लागि फेसबुक मार्फत एउटा अपिल गर्नुभएको छ । पौडेलले लेख्नुभएको छः

“हामी सम्पुणर् महानुभाबहरुलाई अनुरोध गर्दछौं कि यो संकटको घडिमा तपाईं हाम्रो सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ, कसैको घाउमा मल्हम लगाउन सकिन्छ भने कोपिला पौडेलको जीवन बचाउनको लागि पनि सहयोगका हातहरु अघि बढाउनको लागि हामी हार्दिक अनुरोध गर्दछौं । साथै सहयोग गर्न चाहने महानुभाबहरुले राम प्रसाद 9700039368, प्रेम पौडेल 9121182568 वा भिम बहादुर 9676192766 मा गुगल पे मार्फत आर्थिक सहगोग गरि पठाई कोपीला पौडेलको जीवन रक्षाको लागि अनुरोध गर्दछौं । सहयोगीहरुको नामावली पनि फेसबुकद्वारा नै सार्वजनिक गरिने छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार