पदम पौडेलप्रति गृहजिल्ला दाङमा श्रद्धाञ्जली

दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिले पदम पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य समेत रहनुभएका पदम पौडेलप्रति बिहीबार एक कार्यक्रम गरी राजमोले श्रद्धाञ्जली अर्पण गरेको हो ।

लमही नगरपालिका–१ नर्ति निवासी पौडेलको ४८ वर्षको उमेरमा गत माघ ८ गते निधन भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबादुर केसीले मृतक पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो । साथै, उहाँले वर्तमान राजनीतिक अवस्थाबारे प्रस्ट पार्नुभएको थियो ।

शोक सभामा मृतक पौडेलका दाजु बुद्धिराम पौडेलले संगठनमा खेलेको भूमिकाप्रति सराहना गर्दै उहाँको जिवनीबारे स्पष्ट पार्नुभयो ।

शोक सभामा राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, राजमो केन्द्रीय सल्लाहकार शुरेस थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार शुरेस पाण्डे, राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, कासिनाथ पोख्रेल, हुमकान्त आचार्य, घनश्याम खनाल, चेतकान्त खनाल, बसन्तराज पौडेल लगायतले शोक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राजमो लमही नगर सचिव लेखराज आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार