भारतका गल्ली बस्ती,
उठ्दै सर्बहारा।
सम्मेलनको तयारीमा,
जुटेका छौ सारा।।
आठौं अखिल भारत सम्मेलनको,
रौनक भारतभरी।
संपूणर्मा हर्ष उल्लास ,
धार्मिक चाडबाड सरी।
सदस्यता प्याड अपिलको,
झोलाहरु बोकी।
जस्तै लाग्छ देख्दा सबलाइ,
घरकै काम होकी?
यहाँ सम्म गहिरो रहेछ,
संगठनको माया।
भोकै प्यासै हिड्दा पनि,
मिल्ने सितल छाया।।
जताततै प्रचार प्रसार,
आर्थिक अभियान।
प्रतिनिधि,प्रयबेक्षक छनोट हुदै,
सम्मेलनमा जान।।
सम्मेलनको माहोलले ,
सक्रियता बढ्यो ।
हिजोको सामान्य समर्थक पनि,
आज सिडि चड्यो।।
सम्मेलन किन हुन्छ,
उसले जान्न पायो ।
त्यसैले त तयारीमा ,
स्वतस्फूर्त लाग्यो ।।
हार्दिक आभार ब्यक्त गर्छौ,
सहयोग गर्ने जनमा।
संगठनले सधैं बाँस गरोस्,
हजुर सबको मनमा।।
निष्पक्ष न्याय हुनेछ ,
समस्या छ जहाँ?
सोधी खोजी हुने छैन,
आस्था अनि घर हो उसको कहाँ?
प्राथमिकतामा पर्नेछन् ,
पिछडिएका बर्गहरु।
रमाउदै भेटाउन पछ्याउने छन्,
गुमेका स्वर्गहरु।।
पद हुनेछ जिम्मेवारी,
नकि मान सम्मान।
नेतृत्व सदा बन्नेछ,
जनताको समस्याको समाधान।।
सम्मेलनको तयारीमा,
केही छ अझै बाकी ।
त्यो जिम्मेवारी पूरा गर्न,
लागौ सारा ताती।।
। समाप्त ।