मूल प्रवाहद्धारा करिब साढे चार लाख नेरु आर्थिक सहयोग

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्यूरो समस्याबाट ग्रसित कोपिला पौडेललाई करिब साढे चार लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ फरवरी २०२२ का दिन समाजले सो आर्थिक कोपिला पौडेललाई हस्तान्तरण गरेको हो ।

मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र कोषाध्यक्ष घनश्याम शर्माको सञ्चालनमा सम्पन्न एक कार्यक्रम बीच सो आर्थिक हस्तान्तरण गरिएको छ । सो आर्थिक हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलको विशेष उपस्थिति रहेको रहेको थियो ।

मूल प्रवाहले गरेको कामप्रति खुशी ब्यक्त गर्दै क्षेत्रीय समितिलाई विमारी कोपिलाको बाबु धनिस्वर पौडेलले धन्यबाद दिनुभएको थियो । त्यस्तै आमा जमुना पौडेलले संगठनले आफ्नो छोरीको उपचारको लागि चासो देखाइ पहल गरि आर्थिक सहयोग गरेकोमा कृतज्ञता प्रकट गर्नु भयो । छोरी बचाउनको लागि सफल भएकोमा संगठनप्रति जमुना पौडेल आभार प्रकट गर्नुभएको थियो ।

क्षेत्रीय समितिले जम्मा भा.रु. २ लाख, ७५ हजार ९ सय ७७ सतहत्तर (करिब साढे चार लाख न.ेरु.) संगठनका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा लगायत साथिहरुको उपस्तिथिमा हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा क्षेत्रीय सदस्यहरु कृष्ण बहादुर थापा, कुमार थापा, सुर्य बहादुर थापा, पुस्पा पौडेल, लाल बहादुर थापा, धन बहादुर थापा, खेम परियार, मोहन लाल शर्मा नगर समितिका याम बहादुर थापा, नरेन्द्र शर्मा लगायतका दाजुभाइ तथा दिदी बहिनीहरुको पनि उपस्थिति रहेको थियो ।

कोपिला पौडेल बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ३, खाल्ले चिप्लेटी निवासी हुन् । हाल भारतको हैदराबाद जिडिमेट्लामा अस्थायी नोकरी गर्दै आउनुभएका बुबा धनिस्वर पौडेल र आमा जमुना पौडेल कि सुपुत्री कोपिला पौडेल अचानक न्युरो सम्बन्धि गम्भीर बिरामी हुनु भएको तर उपचारका लागि वहाँहरुको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले कोपिला बचाउ अभियान सञ्चालनमा गत ३१ जनवरी २०२२ का दिन सञ्चालन गर्ने निणर्य गरेको थियो ।

कोपिला पौडेलले हैदराबादमा चार्टर अकाउन्टेनको दोस्रो बर्षमा अध्ययनरत अति जेहेन्दार छात्रा हुन् । २० बर्षकी कोपिला पौडेल बिगत केही दिनदेखि मानसिक स्न्यायु सम्बन्धि रोगले ग्रसित भै अहिले हैदराबादको निजाम मेडिकल कलेजमा उपचाररत छिन् । पारिवारिक श्रोत अनुसार कोपिलाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

स्मरण रहोस् : मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले किड्नी पिडीत शुशिला पुनलाई पनि उपचारको लागि भा.रु. ३ लाख ३२ हजार ९ सय ७८ (ने.रु. ५ लाख ३२ हजार ७ सय ६४) सहयोग गरेको थियो । सो आर्थिक शुशिलाको किडनी ट्रान्पलान्टको लागि संगठन सहयोग गरेको थियो ।

मिर्गौला पीडित शुशिलालाई मूल प्रवाहद्वारा पाँच लाख बढी रकम सहयोग

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार