
राष्ट्रघात बोकेको एमसीसी संसदबाट पास भएछ !
छैन नेताहरूमा राष्ट्रप्रेम भावना मरेर लास भएछ !!
पानी पिएर नाला पानीमा लडेको वीर नेपाली !
त्यही नेपालीको छोरो विदेशीको दास भएछ !!
कठै मेरा देशका नेताहरू डलरको सपनामा डुब्द !
स्वतन्त्र राष्ट्रको स्वाभिमानी अस्तित्व नास भएछ !!
देश भित्रै कमाउन सकिन्छ खरबौ खरबौ रूपैयाँ !
भिखारी नेतालाई पच्पन्न अरब ठूलो रास भएछ !!
चाहिँदैन तिम्रो एमसीसी भन्न सकेनन् डरुवा नेताले !
किनकी सत्ता जोगाउन विदेशी शरणमा बास भएछ !!














