मूल प्रबाहको नाम लिदा,
गर्बले फुल्छन् छाती।
काम गर्नुहुन्छ अभिभावकहरुले ,
ज्यानै राखी थाती ।।
भारतका गल्ली बस्ती,
राता झण्डा बोक्दै।
शोषित पिडित जनजनलाइ,
संगठित गर्दै।।
संघको निति नियमको,
पालना गर्दै।
समस्याको समाधानमा,
अग्रगामी बन्दै।।
लाग्दैन कोही कसैलाई,
प्रदेश बसेजस्तो।
यो सुबर्ण अबसरलाइ,
बनाउने होइन सस्तो ।।
मूल प्रबाहको झण्डा मुनि,
आउ है सबैजना।
यसको उत्कृष्ट बिकास गर्न,
लगाउ तनमन।।
पिछडिएको मानसिकता,
उठाउदै हाम्रो ,
संघका निति नियमलाइ,
बनाउ अझै राम्रो ।।
संगठनको अधिनस्त,
हुनुपर्छ हामी।
विभेद यसमा गरिदैन,
को डक्टर कोहो किसान ज्यामी।।
आचार संहिता नमान्नेलाइ,
समयमै चिनौ।
डिउटी अनि आराम बाहेकको समयमा,
संगठन बिस्तारमा हिडौ।।
अबसरबादी तत्वहरुलाइ,
खबरदारी गरौ।
संघका सबै क्षेत्रहरुलाइ,
चुस्त दुरुस्त पारौ।।
बिस्वभरका नियम कानुन,
खोजी खोजी पढौ।
प्रदेशबाटै मताधिकारको,
माग अघि बढाउ।।
बिकाशोन्मूख देशहरुले,
यो अधिकार दिन्छन्।
हाम्रा देशका सासकहरुले,
रेमिट्यान्स मात्र लिन्छन्।।
बारम्बार संघले मुद्दा,
सरकार सामु राख्यो ।
सदाबहार सासकले,
प्रदेशिलाइ नै ढाट्यो।।
खर्चिलो संघिय शासन,
ल्याउन डराएनन्।
मताधिकारको मुद्दा ,
टेबुल त भयो,अघि बढाएनन्।।
निउ पार्छन् यो प्राबधान,
खर्चिलो हुन्छ भनी।
सबै पक्षबाट पीडा दिन्छन्,
मुग्लानीलाइ नै छानी छानी।।
साम्राज्यवादको आज्ञालाई,
शिरोपर गर्छन्।
राष्ट्रघाती संझौता गरि,
मुलुक नै धरापमा पार्छन्।।
अब यीनलाइ खबरदारी,
गरौ प्रदेशबाट।
आफुलाइ होइन यी नेतालाई,
खेदौ स्वदेशबाट।।
प्रदेशी अब उठ्नैपर्छ,
आफ्नो हक लिन।
राज्यका नागरिक हुदाहुदै,
ठगिने हामी किन?
।समाप्त ।