जनमोर्चा

स्वदेश तर्फ लाग्नुभाछ,
मूल प्रबाहका साथी ।
जनमोर्चालाई सघाउन ,
लगाएर ताती।।

कैयौं आउन पाएनौ,
आबस्यकताको बेला।
बाध्यता छ साहुहरुको,
परेपछि फेला।।

राष्ट्रियता जनतन्त्रको ,
पक्षपाती बनि।
काम गर्या छ जनमोर्चाले ,
देशै भरि घुमी।।

तर पनि झिनो आउँछ,
जनमत यसको ।
त्यसैले त टाट पल्ट्याछ,
अर्थतन्त्र देशको।।

चुनाब जित्नु भन्दा पहिला,
घुष खाने योजना हुन्छ जसको ।
आजसम्म बहुमत जनता,
पछाडि छन् उसको।।

यसपालिको भोट गिलासमा,
दिउ है सबै मिली,
भबिष्यमा हाम्रो देशलाई,
बनाउन झिलीमीली।।

घुषखोरी हुन्न दिए,
गिलासमा भोट ।
देशको अर्थतन्त्रमा नी,
पर्ने छैन चोट।।

जनमोर्चाले बाचा गर्याछ,
हजुर हाम्रो माझ,
देशको सार्वभौमसत्तामा,
आउन दिन्न आच।।

ब्यबस्थित पार्नेछन्,
हरेक नगर,अनि गाउपालिका,
अशिक्षित रहने छैनन्,
देशका बालबालिका ।।

जनमोर्चाको बाचा कसम,
जाने छैन फिका।
लुट्न दिने छैन यसले,
देशको अस्मिता ।।

हाम्रो भुमि बनाएको छ,
साम्राज्यवादले बिर्ता।
ल्याउछ यसले मिचिएको,
सबै भुभाग फिर्ता ।।

बिदेशीको हस्ताक्षेप,
बनाउने छ परेज।
अनमेल संझौता सबै,
गर्नेछ खारेज ।।

प्रार्थमिकतामा पर्नेछन्,
जनताका अमन चयन।
कोशिश गर्नेछ सबैजनाका,
नरसाउन नयन।।

सेखि झार्नेछ भुमाफिया,
र तस्करहरुका।
नाम निसान मेटाउनेछ,
आर्थिकमा अपारदर्शीहरुका।।

ब्यबहारमै बराबर हुन्छन्,
पुरुष र नारी।
असमानताको खाडल पुरी,
बनाउनेछ बराबरी।।

बलात्कार र बेचिन,
पर्ने छैन चेली।
कृपया राजमोलाइ मौका दिनुस्,
सबैले एक फेरि।।

।समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार