नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राजमोबाट ढकाल, यी हुन् बाँकेका उम्मेदवार

नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा जगदीश ढकालले उम्मेदवारी दिनुभएको छ । यस्तै, वडा नं १२ मा माधवा जिसी, १४ मा रामप्रसाद चमार र वडा नं १८ मा झुपी खत्री(माला केसी) ले उम्मेदवारी दिनुभएको छ ।

राजमो प्रतिस्पर्धी रहेको नेपालगञ्ज १४ मा पार्टीले प्यानलै दर्ता गरेर निर्वाचनमा होमिएको छ । जहाँ वडा सदस्यमा रामप्यारे कोलिक, मोहम्मद हुसेन साई, सम्झना कुमारी कुर्मी र मिरा कुमारी खटिक उम्मेदवार हुनुहुन्छ ।

यस्तै, खजुरा गाउँपालिकाको उपाध्यक्षमा मोमिना खातुन उम्मेदवार बन्नुभएको छ । त्यहाँ एकीकृत समाजवादीसँग राजमोको तालमेल भएको छ । सोही गाउँपालिकाको वडा नं ८ को वडासदस्यमा ज्ञानबहादुर गोदारले उम्मेदवारी दिनुभएको छ ।

यता, राप्ती सोनारी गाउँपालिकामा राजमोसहित, नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी र जनता समाजवादी दलबीच तालमेल भएको छ । सो अनुसार वडा नं १ को सदस्यमा राजु चौधरीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, जिल्लाको कोहलपुर नगरपालिकामा राजमो एकल चुनावी मैदानमा छ । त्यहाँ नगर प्रमुखमा भीम प्रसाद देवकोटा र उपप्रमुखमा पूर्णकला भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

कोहलपुरको वडा नं १ मा अध्यक्ष पर्शुराम लामिछाने, सदस्यहरु द्रुपता पाण्डे, शोभा विक र गोपाल रिजालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यस्तै, वडा नं ११ मा लोकबहादुर राना र १२ मा जोगप्रसाद भण्डारी अध्यक्षको उम्मेदवार हुनुहुन्छ । १२ नं वडा सदस्यमा बालकृष्ण लम्साल र पार्वती कार्कीको उम्मेदवारी परेको छ ।

यता, वैजनाथ गाउँपालिकाको अध्यक्षमा मनबहादुर सुनारले उम्मेदवारी दिनुभएको छ भने वडा नं ३ मा पार्वती सर्की र वडा नं ६ मा शेरबहादुर ओड विश्वकर्मा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार