मईदिवस जिन्दाबाद

मजदूरको आफ्नो देश हुँदैन,
न त कुनै चाडपर्व हुन्छ,
न त कुनै जात धर्म हुन्छ ।
हुन्छ त केवल पसिना र
रगतले साटेको मई दिवस ।
आठ घण्टा काम,
आठ घण्टा आराम र
आठ घण्टा मनोरञ्जन
मजदुरको रगतले साटेर
ल्याएको हक अधिकार ।
अतिरिक्त श्रमशोषणले मजदुरको
जीवन कष्टकर बनिसकेको छ,
एक छाक खान पेटभरी नपाएर
कुपोषणले कालको
मुखमा धकेलिएका छन् ।
न तिर्न नसकेर
आत्महत्या गरिरहेका छन,
विस्तारै विस्तारै
सबै हक अधिकार गुमिसकेका छन,
सत्ताधारीहरू
तिनै मजदुर दुखी गरिबको मुक्तिको
मिठो गुलियो कुरा गरेर भोट किन्छन्
आफ्नो स्वर्गको आनन्दमय
शाषनको आयु लम्बाऊछन् ।
कोरोना भाईरस फैलिसकेको
विश्व महामारीको
गम्भीर अवस्थामा
करोडौं मजदुर बेरोजगार बनिसके,
यो पुजिँवादी प्रतिक्रियावादी
राज्यव्यवस्थाले मजदुरहरूको
जिवनसँग खेलवाड गर्यो
अझ मजदुर हकहित मुक्तिको कुरा गरेर थाक्दैन,
तिनीहरूलाई थाहा छैन आज मजदूर दिवस ।
रगतले साटेको मई दिवस ।
भोको पेटबाट क्रान्तिको
ज्वालामुखी बिष्फोट हुन बेर लाग्दैन ।
म शुभकामना भन्दैन
किनकी शुभकामनाले
गुमेको हक अधिकार फिर्ता आऊदैन ।
यो प्रतिक्रियावादी
पुँजिवादी राज्यव्यवस्थाले
धर्ना अहिंसा सदाचार प्रेमको भाषा बुझ्दैन,
रगतको होली
आजको मई दिवसको संदेश हो,
जिते संसार जित्छौं
हारे यहि एऊटा ज्यान ता जाला….
-मईदिवस जिन्दाबाद।
-ईन्कलाव जिन्दाबाद।।
-शिकागोका सहिदलाई लालसलाम।।।
(विन बहादुर रेग्मी, सुरतबाट)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार