काठमाडौं । काठमाडौं महानगरपछिकै ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकामा गठबन्धन दलहरुले संयुक्ता चुनावी अभियानलाई तीब्रता दिएका छन् ।
पाँचदलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चन्द्रगिरीमा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाको तर्फबाट रोसन दानी हुनुहुन्छ । उम्मेदवारसहित नगरपालिकाका १५ वटै वडामा प्रचार प्रसारलाई तीब्र बनाइएको छ निर्वाचन परिचालन समितिले जनाएको छ ।
चन्द्रागिरीका अधिकांश वडामा गठबन्धन दलले प्रमुख उपप्रमुखको उम्मेदवारसहित घरदैलो अभियान जारी राखेका छन् ।
शनिबार भएको चुनावी कार्यक्रम राजमो नेता आनन्द शर्माको नेतृत्वमा अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगत प्रसाद रेग्मी, राजमो काठमाडौंका अध्यक्ष झबिन्द्र बेलवासे लगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै, प्रचार अभियानमा राजमो केन्द्रीय सदस्य लाल बहादुर थापा, दिवाकर सुवेदी, प्रेम भण्डारी, मालता बेल्वासे, लक्ष्मी बेलवासे, लक्ष्मन बेल्वासे, बिबि अधिकारी, भोला ढकाल, लिला बहादुर जिसि, छम पुन, अमर पौडेल, यामलाल खनाल, हरि किशन दानी, रुपेश दानी, किसन खड्कालगायतको टोली प्रचारमा जुटेको छ ।