गठबन्धन बाध्यता हाे साथि !

रवी पौडेल
नीति मिलेर गठबन्धन भएको हाेईन साथि
बिधान र प्रतिबेदन मिलेर पनि हाेईन साथि
बिचार मिलेर त झन हुदै हाेईन साथि
एउटा मुद्दा मिलेर हाे साथि !
मुद्दा प्रतिगमन काे खतरा हाे साथि !
अाँखामा पट्टि नबाध्नुस साथि
देशमा प्रतिगमन छैन भनेर
प्रतिगमन काे खतरा अहिले झन बढि छ साथि !
साथि ! नीति त तपाईं र हाम्रो मिल्छ साथि
बिधान र प्रतिबेदन त तपाईं र हाम्रो मिल्छ साथि!
साथि ! चुनाव त कार्यनीति सवाल हाे साथि
तपाईं ले पनि त्यहि ख्याख्या गर्नु भएको छ साथि !
कुरा मिलेर गठबन्धन भएको हाेईन साथि
कुरा त तपाईं र हाम्रो मिल्छ नाैलाे जनबाद काे साथि !
साथि ! अाँखा चिम्लेर प्रतिगामीकाे पक्षमा नबाेल साथि !
बिराेध काे नाममा कुण्ठा नदेखाउ साथि !
प्रतिगमन बिस्पाेटन हुदै छ साथि
तपाईं देखेर पनि किन लुकाउनु हुन्छ
गणतन्त्र र धर्मनिरपेक्षता धराप मा छ साथि
त्यसैले गठबन्धन बाध्यता हाे साथि
हामी गैरक्रान्तिकारि र तपाईं क्रान्तिकारी हाेईन साथि
किन कि तपाई ले प्रतिगमन लाई साथ दिनुभएको छ
हामी गठबन्धन लाई साथ दिएका छाै साथि !
किन कि प्रतिगमन हराउनु छ साथि !
अग्रजहरुले लेखेको कुरा सबै लागू हुदैन साथि
परिमार्जित र परिस्कृत समय ले बताउँछ साथि
जीवन मरण सँग जाेडिएकाे छ साथि
धेरै तल गिरेर कुण्ठा नदेखउँ साथि !
हामीले सबैकाे लागि साेच्ने हाे साथि
हामीले देश र जनताको लागि देख्ने हाे साथि
साथि क्रान्ति काे मूल्य ठुलो छ साथि ?
लाखौं ,करोडौं गरिव सँग गाँसिएको छ साथि !
मिति :०९-०५-२०२१
दक्षिण भारत पाण्डेचरि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार