कठपुतली

दुई आँखा मात्र भएर के काम?
वास्तविक कुरा देख्दैनन् भने।
दुई पाउ मात्र भएर के काम?
बलियो संग टेक्दैनन् भने।।

चेतना स्थर उठेर मात्र के काम?
सहि गलतको पहिचान हुदैन भने।
नाम मात्र अनन्त भएर के काम?
गन्तव्य सम्म नै पुग्दैन भने।।

हतियार धारिलो मात्र भएर मात्र के काम?
काट्नु पर्ने चिज काट्दैन भने।
विशाल छाती मात्र भएर के काम?
गलत कामको बिरोध गर्ने साहस राख्दैन भने।।

जग्गा धेरै छ मात्र भनेर के काम?
छ महिना खाननी पुग्दैन भने।
उचाइ बढी भएर मात्र के काम?
निकाल्नु पर्ने चिज छुदैन भने।।

मानिसको छाला मात्र राम्रो भएर के काम?
व्यवहार राम्रो भएन भने।
घर ठुलो मात्र भएर के काम?
मानिसको मन नै ठुलो रहेन भने।।

मुखले जनसेबक हु मात्र भनेर के काम?
ब्यबहारमा दुष्मनको दलाली गरिन्छ भने।
राष्ट्रबादी भाषण गरेर मात्र के काम?
बिदेशीको कठपुतली बनिन्छ भने।।

मुखले सर्बहारा हु मात्र भनेर काम ?
जताततै धनैधनका थुप्रा देखिन्छन् भने।
भाषणमा मात्र क्रान्तीकारी हु भनेर के काम?
दस्तावेजहरु नै प्रतिक्रान्तीकारी लेखिन्छन् भने।।

प्राणी मोटो मात्र भएर के काम ?
बस्न उठ्न नै मुस्किल पर्छ भने।
बरु दुब्लो नै उपर्युक्त हुन्छ,
समय संग सम्झौताहीन संघर्ष गर्छ भने।
।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार