सुभकामना

स्थानिय तहको चुनाव भयो, देशै भरी ऐले
यस्तै चुनाब हाम्रो देशमा, भएका थिए पहिले ।।

आएका थिए दैला दैला, जनप्रतिनिधि ।
खाएका थिए बाचा कसम, संविधान हातमा लिइ ।।

हुनुपर्ने बिकासहरु, भाका थिएनन् पहिले ।
अधुरा काम पूरा गरून्, जितेकाले ऐले ।।

ब्यक्तिगत स्वार्थबाट, उठेर माथि ।
स्थानिय तहका जनतालाई, बनाएर साथी ।।

काम गर्नु सबजनाले, निष्पक्ष बनी ।
आफैलाई संझाउनु, जनताको सेवक हुँ भनी ।।

बनिरहनु राष्ट्रियताको, पक्षपाती सदा ।
नागरिताको विषयमा, नियम ल्याउनु कडा ।।

जातीय र लिंगिय भेद, ब्यप्त छ समाजमा ।
बराबरी व्यवहार गर्नु, सम्पुणर् जनतामा ।।

देशका युवाहरु बिदेश गए, बिकास हुने छैन ।
रोजगार दिलाउनु युवाहरुलाई, पासपोर्ट होइन ।।

संघीयता खर्चिलो छ, टाट पल्टाउछ देशलाई ।
बिना सर्त खारेज गर्नु, सबजनाले यसलाई ।।

हिमालदेखि तराईसम्मका, जनप्रतिनिधि सबजनामा।
उत्कृष्ट कार्यकालको, हार्दिक सुभकामना।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार