झुट्ठा अभियोगमा गिरफ्तार केशर मूल प्रवाहको पलहमा मुक्त

राजकोट । ज्यान मारेको झुट्ठा अभियोग लागेका केशर बहादुर वरविजयलाई मूल प्रवाहको पहलमा पुलिस कस्टडीबाट मुक्त गरिएको छ ।

स्थायी घर लम्की चुहा नगरपाली वार्ड न ३ कैलाली घर निवासी केशर बहादुर वरविजय राजकोट गुजरातमा प्रविन पटेल बिजनेसमेनको अफिसमा ९ वर्ष पहिला ५ वर्ष वाचमेन जागिर गरि नेपाल फर्किएका थिए । केही वर्ष घर बसि पुनः नोकरी गर्नु पर्ने बाध्यताका कारण फेव्रुअरीमा राजकोट पुगी पुरानै मालिकसँग सल्लाह गरि १५ फेव्रुअरी २०२२ का दिनदेखि पुरानै अफिसमा केशर बहादुर वरविजय चौकिदारी गर्न लागेका थिए ।

काममा लागेको करिब ८० दिन पछि त्यो अफिसको रेखदेख गर्ने सुपरवाइजरले वाचमेनको कामको साथै सरसफाइ गर्ने व्यक्ति छुट्टीमा गएको बेला यो काम पनि गर भनेको र पैसा बढाएर दिएमा बिहान बेलुका मिलाएर सरसफाइ काम गर्ने प्रतिवद्धता केशर बहादुरले गरेका थिए । तर सुपरवाइजरले छुट्टै पैसा नमिल्ने, दिउँसो नै त्यो काम पनि गर्नुपर्ने दबाव दिएका थिए ।

त्यसरी एउटै तलबमा दुईवटा काम केशर बहादुरले गर्न नसक्ने भएकोले अर्को मान्छे खोज्न सल्लाह दिएका थिए । त्यसपछि त्यो सुपरवाइजरले अर्को चौकिदा भर्ती गरेको र केशर बहादुरलाई ६ मे २०२२ दिन चौकिदारीबाट हटाएको थियो । केशरले नातामा भतिज पर्नेसँग कोठामा बसि नोकरी खोज्न लागेका थिए । नोकरी पनि चाँडै नमिलेको र आफ्नो छोरो होटेलमा काम गर्ने भएकोले खाना खर्चको समस्या त्यति नभए पछि बिस्तारै नोकरी खोज्न लागेका थिए ।

२४ मे २०२२ का दिन त्यो काम छोडेको अफिसमा सुपरवाइजरको कसैले हत्या गरेको र विवादीत भई काम छोडेको शंकाको आधारमा राजकोट क्राइमब्रान्चले केशर बहादुर वरविजय र छोरा रुद्र वरविजयलाई पाँच दिनदेखि हिरासतमा लिएर सोधपुछ गर्नुको साथै केशर बहादुरका नजिकका नाता धेरैलाई कसैलाई एक दिन कसैलाई २ दिन गरि हिरासत लिएर सोधपुछ गरेको थियो । पोलीसहरुबाट यस्तो बिहाल अबस्था भए पछि केशर बहादुरले हारगुहार गरेछन् ।

सो समाचार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन नगर अध्यक्ष शेर बहादुर विकले क्षेत्रीय पश्चिम भारत क्षेत्रीय समितिमा जानकारी गराएका थिए । २९ मई मे २०२२ को बिहाना पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की र दमन नगर अध्यक्ष शेर बहादुर विक र केशर बहादुरका नातागोताहरु राजकोट पुगी राजकोट क्राइमब्रान्चसँग छलफल गरेको थियो । लामो छलफल पछि केशर बहादुर वरविजय र छोरा रुद्र वरविजय निर्दोष भएको र पोलीसले जफत गरेको मोबाइ फोन नेपाली नागरिता दिलाउने काम भएको छ । केशर बहादुर वरविजय निर्दोष भएको सावित गराई पुलिस कस्टडीबाट मुक्त गराइएको छ ।

हत्या गरेर त्यहि अफिसमा सरफाइ गर्ने करिव २० वर्षको राजस्थानी केटोलाई विभिन्न आधारप्रुफमा राजस्थानबाट पक्रेर पोलीसले ल्याएको र उसले गुनाह गरेको कवुल गरेको थानाबाट हामीलाई जानाकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार