गुजरातको वापीमा करेन्ट लागेर एक जना नेपाली महिलाको निधन, मूल प्रवाहले क्षतिपुर्ति दिलायो

वापी, १० जुन । गुजरातको वापी चनोद दुवार्केशमा नयाँ बन्दै गरेको बिलडिङमा करेन्ट लागेर एक जना नेपाली युवतीको दुखद निधन भएको छ ।

उनी तुर्माखाद गाउँपालीका ४ जैइसुर अछाम निवासी किसन नेपालीकी वर्ष २१ की श्रीमती सुनिता नेपाली हुन् । उनीहरु त्यहाँ बन्दै गरेको नयाँ विल्डीङमा काम गर्दै आएका थिए । छोरा सहित रहेका सुनिता बिहाना ७ बजे ग्यालेनमा पानी भर्न लाग्दा १० तला बन्दै गरेको विल्डीङमा इटा माथी खिच्नका लागि राखिएको तारमा रहेको करेन्ट लागेर निधन भएको मृतककी श्रीमान किसन नेपालीले बताए ।

श्रीमतीलाई करेन्ट लागेको र बचाउनका लागि दिएको आवाज आफूले सुनेता पनि बचाउन तल आउँदा आउँदै सुनिताको प्राण गइसकेको किसनले बताए । किसन त्यहाँ काममा लागेको १५ दिन मात्र भएको विल्डिङ ठेकेदारले बताएका छन् ।

स्थानीय नेपाली साथीभाईहरुले विल्डिङ मालिकसँग मिली दाहसंस्कार गर्न ७ हजार र घर अछाम जान १५ हजार दिने सहमति गरेको नविन खवासले बताएका छन् । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पुर्व नगरका अध्यक्ष भुवन सिंह धामीलाई प्राप्त भए पछि भूवनसिंह धामी सहितको प्रतिनिधि मण्डल उक्त स्थानमा पुगेको थियो । घटना बारे पोलीस रिपोर्ट, पोस्टमाटम र पञ्चनामा गरेमा मात्र शव दाहसंस्कार हुने अडान मूल प्रवाहका प्रतिनिधिहरुले लिएका छन् ।

प्रतिनिधि मण्डलले मालीकहरुसँग ः तिमीहरुको मिस्तिरी लेवरको गम्बिर गल्तीका कारण यो घटना घटेको र जिम्मेवार तिमीहरु नै हौ, यदि तिमीहरुले यो स्वीकार गर्दैनौ भने कानुनी कार्वाहीको लागि यो पीडितलाई समाजले साथ दिने कुरा केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय महिला बिभाग सदस्य बिना काउछा, वापी पुर्व नगर अध्यक्ष भुवन सिंह धामी लगाएतका कार्यकर्ताहरुको उपस्थितिमा छलफल भएको थियो ।

त्यस पछि पीडित पक्षले पनि म यो २ वर्षको छोरो लिएर नेपाल गए पछि आउँदिन यो सानो छोराको देखभाल गर्छु केस गर्दिन मलाई जो सहयोग हुन्छ म त्यतिमा मेरो २ वर्षको बच्चा कि आमालाई बचाउन सकिन भन्ने कुरा गरे पछि १ लाख ६१ हजार भन्दा माथी मालीकले सहयोग गर्न सक्दिन भनेका थिए । पिडित पक्षले नै कम्जोर मनस्थिति बनाए पछि केश अगाडि नबढ्ने र १ लाख ६१ हजार विल्डिङ मालिकले क्षतिपूर्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार